एन्फा अध्यक्ष शेर्पाले झुटो आरोप लगाएर मेरो चरित्र हत्या गरे : पूर्व अध्यक्ष थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २८, २०७९
|
|
३८ पटक हेरिएको
Shares
एन्फा अध्यक्ष शेर्पाले झुटो आरोप लगाएर मेरो चरित्र हत्या गरे : पूर्व अध्यक्ष थापा

सारांश

  • अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध झुटो आरोप लगाएर एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले चरित्र हत्या गरेको बताएका छन् ।
  • बुधबार पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाएका आरोपहरू प्रमाणित गर्न चुनौती दिएका छन् ।
  • साथै थापाले आफूआथि लागेका आरोपहरू प्रमाणित भएमा फुटबलको कुरा गर्न छोडिदिने बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध झुटो आरोप लगाएर एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले चरित्र हत्या गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाएका आरोपहरू प्रमाणित गर्न चुनौती दिएका छन् । साथै थापाले आफूआथि लागेका आरोपहरू प्रमाणित भएमा फुटबलको कुरा गर्न छोडिदिने बताएका छन् ।

‘अध्यक्ष शेर्पाले ममाथि झूटा आरोप लगाएर मेरो चरित्र हत्या गर्ने काम गरे । उनले लगाएका ओरोपहरुमध्य कुनै एक आरोप मात्र सत्य भएमा म फुटबलको कुरा गर्न नै छोड्ने छु,’ थापाले भने । थापाले अब यो आरोप प्रति आफू अदालत हुँदै फिफासम्म पुगेर न्यायका अपिल गर्ने बताएका छन् । उनले फिफाबाट प्रतिबन्ध पर्नु पूर्व नै यो कुरामा अपिल नगरेकोमा आफूलाई अहिले पछुतो लागेको बताए ।

उनले शेर्पाको कार्यकाल सकिनु निकै अघिनै आफूले यो कदम चाल्ने योजना बनाएको तर, स्वास्थमा केही समस्या आएको हुँदा अहिले सबै कुरा सार्वजनिक गरेको बताए । उनले जेठ ३ गतेदेखि आफू न्यायका लागि अघि बढ्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप), सर्वाेच्च अदालत, फिफा जस्तो निकायमा न्यायको लागि जाने बताए । ‘मैले पहिले यो कुरालाई स्वास्थमा समस्या आएको कारण बाहिर बताएको थिएन । अब जेठ ३ गतेदेखि म न्यायका लागि बाहिर आउने छु । सबै निकायमा न्यायका लागि अपिल गर्नेछु,’ थापाले भने ।

थापाले आफूले एन्फाको चुनावी माहौललाई बिथोल्नका लागि यो अभ्यास नगरेको बताएका छन् । उनले चुनावभन्दा पनि आफूलाई नयाँ आउने अध्यक्षहरूलाई यस्तो अवस्था भोग्नु नपरोस् भनेर यो कदम चालेको बताए ।

‘सबैलाई अहिले चुनावी माहौललाई भड्काउन यो कुरा बाहिर ल्याएको भन्ने परेको होला । मैले चुनावको माहोल बिथोल्नुभन्दा पनि आगामी अध्यक्षहरुलाई यस्तो नपरोस् भनेर गरेको हो,’ थापाले भने ।

शेर्पाले थापालाई लगाएको भनिएका केही आरोप यस्ता थिए–
सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टचार गरेको ठहर गरेको
एन्फा अध्यक्ष शेर्पाले गोल्ड प्रोजेक्टअन्तर्गत १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको
एन्फाको फिक्स डिफोजिटमा जम्मा गरिएको ८ करोड रुपिया गैरकानुनी तारिकाले जम्मा गरेको
खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुपियाँको स्रोत नखुलेको
एन्फाको ३२ प्रतिशत रुपैया ब्याजमा लगाएको, साफ च्याम्पियनसिपमा २ करोड ५० लाख आम्दानी भएको जम्मा ८५ प्रतिशत लाख मात्र एन्फाको अडिटमा देखिएको ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई
जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई
मतदान पछि औंला ठड्याउँदै बलिउड स्टारहरु (फोटो फिचर)
मतदान पछि औंला ठड्याउँदै बलिउड स्टारहरु (फोटो फिचर)
चिनियाँ कम्पनीले सिमेन्ट उद्योगमा १५ अर्ब लगानी गर्ने
चिनियाँ कम्पनीले सिमेन्ट उद्योगमा १५ अर्ब लगानी गर्ने
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
धुर्मुस-सुन्तलीले शिलन्यास गरे सन्तपुर एकीकृत नमूना वस्ती
धुर्मुस-सुन्तलीले शिलन्यास गरे सन्तपुर एकीकृत नमूना वस्ती
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
नरैनापुरमा ‘झोले चिकित्सक’को दबदबा
नरैनापुरमा ‘झोले चिकित्सक’को दबदबा
मोटरसाइकल चोर्ने गिरोह समातियो
काङ्ग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैनः महामन्त्री कोइराला
काङ्ग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैनः महामन्त्री कोइराला
एमालेको संगठन देखेर कांग्रेस र माओवादी आत्तिएः ओली
एमालेको संगठन देखेर कांग्रेस र माओवादी आत्तिएः ओली