सभामुख चयनमा सकस : ‘बार्गेनिङ’ गर्ने दाउमा प्रचण्ड’

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
सभामुख चयनमा सकस : ‘बार्गेनिङ’ गर्ने दाउमा प्रचण्ड’

सारांश

  • काठमाडौं।
  • यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपाभित्र रक्ककस्सी सुरु भएको छ।
  • विगतका सहमति प्रधानमन्त्री ओलीले कार्यान्वयन नगरेको भन्दै प्रचण्ड रुष्ट बनेका बेला सभामुख चयन प्रक्रिया झन पेचिलो बन्दै गएको छ।

काठमाडौं। यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपाभित्र रक्ककस्सी सुरु भएको छ। विगतका सहमति प्रधानमन्त्री ओलीले कार्यान्वयन नगरेको भन्दै प्रचण्ड रुष्ट बनेका बेला सभामुख चयन प्रक्रिया झन पेचिलो बन्दै गएको छ। संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधानका कारण नेकपाले सभामुख वा उपसभामुख मध्ये एक पदमात्र पाउने छ। यस्तो अवस्थामा नेकपाले सभामुख आफूसँग राखेर उपसभामुख अन्य दललाई दिने तयारी गरेको छ। यसअघि सभामुख पूर्व माओवादीबाट र उपसभामुख पूर्व एमालेबाट निर्वाचित भएका थिए।

अहिले उपसभामुख पूर्व एमालेबाटै भएका कारण सभामुख पद आफूले पाउनु पर्ने पूर्व माओवादी पक्षको दाबी छ। तर सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्न पनि वर्तमान उपसभामुखले राजीनामा दिनुपर्छ। उपसभामुखले राजीनामा नदिइ निर्वाचन प्रक्रिया सुरु गर्दा नेकपाले सभामुख पद गुमाउँछ। त्यसैले पनि नेकपाले वर्तमान उपसभामुखलाई राजीनामा दिन आग्रह गरेको छ। तर उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउने भएमात्र राजीनामा दिने शर्त राखेकी छन्। तर प्रधानमन्त्री केपी ओलीले भने उपसभामुखलाई राजीनामा गराएर सभामुखमा सुवास नेम्वाङलाई उठाउने तयारी गरेका छन्। तर पूर्व माओवादी खेमाले भने कुनै पनि हालतमा सभामुख पद आफ्नो खेमाबाट हुनुपर्ने अडान राखेको छ। पूर्व माओवादी खेमाबाट सभामुखमा देव गुरुङको चर्चा छ।

आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै ओलीसँग रुष्ट बनेका प्रचण्डले सभामुखमा बार्गेनिङ गर्ने योजना बनाएको उनी निकट स्रोतले जनाएको छ। यदि ओलीले पूर्व सहमति अनुसार आफूलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने हो भने ओलीलाई पाँच वर्षसम्म प्रधानमन्त्री बनाउन र सभामुख पनि पूर्व एमालेबाटै बनाउन प्रचण्ड सहमत हुने तर, विगतमा सहमति कार्यान्वयन नहुने अवस्थामा सभामुख पद कुनै पनि हालतमा पूर्व एमालेलाई दिन नसक्ने प्रचण्डले आफू निकट नेताहरुलाई बताएका छन्। उता उपसभामुख तुम्बाहाम्फेले सभामुखले गरेको गल्तको सजाय आफूले पाउनु नहुने भन्दै आफूलाई सभामुख बनाउने सर्तमा मात्र राजीनामा दिने बताएको स्रोतले बतायो। उनले पार्टीले आफूलाई राजीनामा दिन निर्देशन दिन

नमिल्ने तर्क गर्दै आएकी छन्। उपसभामुखमा निर्वाचित भइसकेपछि आफूले पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिइसकेको उल्लेख गर्दै उनले पार्टीको निर्देशन मान्न बाध्यकारी नहुने सन्देश प्रधानमन्त्रीलाई पठाएको स्रोतले दाबी गर्यो। तर प्रधानमन्त्री ओलीले उपसभामुखलाई मन्त्री बनाउने आश्वासन दिएको बताइएको छ। तर उपसभामुखले आफू मन्त्री नबन्ने बताएको स्रोतले बतायो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा
‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा
कार्यालय उद्घाटनमा अनिल शर्माको कडा भाषण, के भने ?
कार्यालय उद्घाटनमा अनिल शर्माको कडा भाषण, के भने ?
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नवलपरासीको गैँडाकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था
नवलपरासीको गैँडाकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था
पाथीभरा मन्दिर परिसरमा आगलागी, हेलिकप्टर मार्फत पानी लगेर आगो बुझाइयो
पाथीभरा मन्दिर परिसरमा आगलागी, हेलिकप्टर मार्फत पानी लगेर आगो बुझाइयो
गोपाल खड्काले एक घण्टामै अदालतलाई २ करोड ५० लाख बुझाए
गोपाल खड्काले एक घण्टामै अदालतलाई २ करोड ५० लाख बुझाए
सरकारको नीति तथा कार्यक्रम कस्तो छ? [पूर्ण पाठसहित]
सरकारको नीति तथा कार्यक्रम कस्तो छ? [पूर्ण पाठसहित]
श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीबाट २ जना पुरस्कृत
श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीबाट २ जना पुरस्कृत