निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध
सारांश
- कन्चनपुर, मंसिर १७ – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै कन्चनपुरका महिला अधिकारकर्मीले नयाँ ढंगबाट आन्दोलनको सुरुआत गरेका छन् ।
- निर्मलाको न्यायका लागि पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा बसेका महिला अधिकारकर्मी तथा नागरिक संघर्ष समितिले सोमबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन् ।
- उनीहरुले आन्दोलनको नयाँ कार्यक्रमअन्तर्गत् सोमबार कन्चनपुरस्थित जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।
कन्चनपुर, मंसिर १७ – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै कन्चनपुरका महिला अधिकारकर्मीले नयाँ ढंगबाट आन्दोलनको सुरुआत गरेका छन् ।
निर्मलाको न्यायका लागि पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा बसेका महिला अधिकारकर्मी तथा नागरिक संघर्ष समितिले सोमबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन् । उनीहरुले आन्दोलनको नयाँ कार्यक्रमअन्तर्गत् सोमबार कन्चनपुरस्थित जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।
निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिन आन्दोलनको स्वरुप परिवर्तन गरिएको महिला अधिकारकर्मी शारदा चन्दले बताइन् । उनले सोमबार र मंगलबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालोपट्टी बाँधेर विरोध जनाउने बताइन् ।
चन्दका अनुसार मंसिर २० गतेसम्म नयाँ तरिकाको आन्दोलनबाट सरकारलाई दबाब दिइनेछ । सरकारले आफूहरुको मागको बेवास्ता गरे सबै पक्षसँग पुनः छलफल गरी आन्दोलनका कार्यक्रम तय गरिने उनले बताइन् ।
प्रतिक्रिया