आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २९, २०८०
|
|
६४ पटक हेरिएको
Shares
आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड

सारांश

  • काठमाडौं।
  • सौरमास अनुसार साउने सोमबारको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो देखिन्छ।
  • साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ।

काठमाडौं। सौरमास अनुसार साउने सोमबारको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो देखिन्छ। साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ।

आजको दिनलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्। साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन्।

आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ। उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेका थिए। साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ। शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए। त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउनुहुने भनिएको छ। त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ।

आज पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको छ। साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापनका लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने धार्मिक विधि रहेको छ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ। यस अवसरमा आज बिहानैदेखि राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धादिङका २० वडाको मत परिणाम सार्वजानिक, एमाले १२ वडामा विजयी !
धादिङका २० वडाको मत परिणाम सार्वजानिक, एमाले १२ वडामा विजयी !
१५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !
१५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !
कहिले हुन्छ मन्त्रिपरिषद् पुनर्गठन ?
कहिले हुन्छ मन्त्रिपरिषद् पुनर्गठन ?
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ
जनयुद्धपछि चौथोपटक लालकिल्ला बन्यो रुकुम
जनयुद्धपछि चौथोपटक लालकिल्ला बन्यो रुकुम
कसले ढाल्छ मेरो सरकार ?: मुख्यमन्त्री राउत
कसले ढाल्छ मेरो सरकार ?: मुख्यमन्त्री राउत
राजेन्द्र महतो र महन्थ ठाकुर काे ‘भनाभन हुँदा राष्ट्रिय जनता पार्टी काे महाधिवेशन अन्योलमा 
राजेन्द्र महतो र महन्थ ठाकुर काे ‘भनाभन हुँदा राष्ट्रिय जनता पार्टी काे महाधिवेशन अन्योलमा 
पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन
पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन
मापदण्ड विपरितको होटल उद्घाटनमा गएनन् प्रधानमन्त्री ओली
मापदण्ड विपरितको होटल उद्घाटनमा गएनन् प्रधानमन्त्री ओली
जनताले मुलुक बनाउने अभिभारा वामगठबन्धनलाई दिएका छन् : ओली

तपाईंले छुटाउनुभयो कि?