ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
३७ पटक हेरिएको
Shares
ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’

सारांश

  • धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अझै तीनपटक प्रधानमन्त्री बन्ने बताएका छन् ।
  • बिहीबार धनगढीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधामन्त्री देउवाले अगामी निर्वाचनमा केपी ओलीले नेपाली कांग्रेसबाट देउवा अन्तिमपटक प्रधानमन्त्री भनेको जवाफमा देउवाले अझै तीनपटक प्रधानमन्त्री बन्ने बताएका हुन् ।
  • ‘म अझै प्रधानमन्त्री बन्छु,’ उनले भने, ‘ज्योतिषले मलाई सातपटक प्रधानमन्त्री बन्छ भनेको छ ।

धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अझै तीनपटक प्रधानमन्त्री बन्ने बताएका छन् । बिहीबार धनगढीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधामन्त्री देउवाले अगामी निर्वाचनमा केपी ओलीले नेपाली कांग्रेसबाट देउवा अन्तिमपटक प्रधानमन्त्री भनेको जवाफमा देउवाले अझै तीनपटक प्रधानमन्त्री बन्ने बताएका हुन् ।

‘म अझै प्रधानमन्त्री बन्छु,’ उनले भने, ‘ज्योतिषले मलाई सातपटक प्रधानमन्त्री बन्छ भनेको छ ।’ अगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने उनले बताए । बाम गठबन्धनले कांग्रेस एकढिक्का र बलियो भएको उनको भनाइ छ ।

प्रदेश नम्बर ७ बाट अन्य कुनै पनि पार्टीमा प्रधानमन्त्री बन्ने मान्छे नभएको उल्लेख गर्दै आफूमात्रै प्रधानमन्त्री बन्ने भएकाले यस क्षेत्रका मतदाताले नेपाली कांग्रेसलाई जिताउने उनले बताए । ‘प्रदेश नम्बर ७ मा कांग्रेसले बहुमतभन्दा पनि बढी स्थानमा चुनाव जित्छ,’ उनले भने, ‘म यस क्षेत्रको घरको मान्छे हुँ, प्रधानमन्त्री भए पनि मसँग झगडा गर्न, गाली गर्न पाइन्छ ।’

जनता मालिक र जनार्दन भएको उल्लेख गर्दै डर, त्रास, प्रलोभन र दबाबमा नपरी निधक्र्कसँग मतदान गर्न उनले जनतालाई अपिल गरे ।

भयमुक्त वातवरणमा निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले सबैलाई निर्धक्क भएर मतदान गर्न अपिल गरे ।
चुनावका बेला आश्वासन दिएका प्रदेश नम्बर ७ का प्रमुख ऐजेण्डा कार्यन्वयन भएन भनेर मतदाताको गुनासो छ नि ? प्रश्नको जवाफ उनले भने, ‘पश्चिम सेती, पञ्चेश्वर आयोजना निर्माणको काम सञ्चालन भइसकेको छ ।’

यसैगरी कांग्रेसका कार्यकर्तालाई गरेको सबै कारबाही फुकुवा गरिएको उनले बताए । डडेल्धुरामा चुनाव जित्नेमा कुनै शंका नै नभएको उनले बताए ।

बिहीबार पत्रकार सम्मेलनमा देउवा सहजरुपमा प्रस्तुत भएका थिए । पत्रकार सम्मेलन सकिएर जाने बेला उनले ‘तपाईँहरु सबैले सहयोग गर्नुहोस्’ भने ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Ram Singh Dhami

    अाउने पाैष मा थाहा भैहाल्छ।

    Comment Author

    Babu Ram Paudel

    ab mara paxe

    Comment Author

    Bhuwan Karki

    घरको

    Comment Author

    Kumar Sherpa

    सेरे 4 पटक प्रधान मन्त्रि भएर ,
    बिकासको नाममा माखो पनि मारेना,
    अब 3 पटक प्रधान मन्त्रि भए लामखुट्टे मार्ने ?
    4 पटकमा नदि नाला र सिमा ईनडियालाई बेचिसक्यो ?
    अब 3 पटकमा त देशै बेच्ने होला हैन ?

    Comment Author

    Chudamani Dhurba Devkota

    अब कागज़ मा बन्छौ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ