प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २७, २०७६
|
|
३३ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विरोधमा आईतबार माईतिघर मण्डलामा भएको शान्तिपुर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेपको भत्र्सना गर्दै सो घटनाबारे गृहमन्त्रीको जवाफ माग गरको थियो ।

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विरोधमा आईतबार माईतिघर मण्डलामा भएको शान्तिपुर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेपको भत्र्सना गर्दै सो घटनाबारे गृहमन्त्रीको जवाफ माग गरको थियो । गृहमन्त्रीले जवाफ नदिएसम्म संसदको कारवाही अघि बढ्न नसक्ने भन्दै कांग्रेस सांसदले उभिएर विरोध गरेपछि सभापमुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। त्यसपछि सचिवालयले २८ गते बिहान ११ बजे अर्को बैठक बस्ने गरि सूचना टाँसेर बैठक स्थगित भएको जनाएको हो। सूचनामा विशेष कारणले बैठक बस्न नसकेको जनाइएको छ ।

‘आज मिति २०७६ साल जेठ २७ गते सोमबार १५ मिनेटपछि बस्ने गरि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवस बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्मानीय सभामुख ज्यूले अर्को बैठक २०७६ साल जेठ २८ गते मंगलबार बिहान ११ बजे बस्ने गरि निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?