आमिर खानकी छोरीले स्वीकारिन् प्रेम सम्बन्ध, को हो प्रेमी ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
आमिर खानकी छोरीले स्वीकारिन् प्रेम सम्बन्ध, को हो प्रेमी ?

सारांश

  • आमिर खानकी छोरी इरा खानले आफू संगीतकार मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको स्विकारेकी छिन् ।
  • सोसल मिडियामा पछिल्लो केही समयदेखि यी दुईको सम्बन्धको चर्चा भइरहेको थियो तर यसबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको थिएन ।
  • इराले आफ्नो इन्स्टाग्राम स्टोरीमा यसबारे पुष्टि गरेकी हुन् ।

आमिर खानकी छोरी इरा खानले आफू संगीतकार मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको स्विकारेकी छिन् । सोसल मिडियामा पछिल्लो केही समयदेखि यी दुईको सम्बन्धको चर्चा भइरहेको थियो तर यसबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको थिएन ।इराले आफ्नो इन्स्टाग्राम स्टोरीमा यसबारे पुष्टि गरेकी हुन् । इन्स्टाग्राम स्टोरीमा एक प्रशंसकले इरालाई उनको सम्बन्धबारे प्रश्न सोध्छिन् । उनले उक्त प्रश्नको जवाफमा मिशाललाई अंगालो हालिरहेको तस्बिर पोष्ट गर्छिन् । यसमा उनले मिशाललाई ट्यागसमेत गर्छिन् ।

स्मरण रहोस्, इन्स्टाग्रममा इरा मिशालसँगको तस्बिर सेयर गरिरहन्छिन् । यसअघि इराले भ्यालेन्टाइन डेमा मिशालको एउटा भिडियो पोष्ट गरेकी थिइन् जसमा मिशाल पियानोको अगाडि बसेर गीत गाइरहेको देख्न सकिन्छ । मिशाल पनि इरासँगको फोटो सेयर गरिरहन्छन् ।इरा, आमिर खान र रिना दत्तकी छोरी हुन् । आमिर खानले सम्बन्धविच्छेद गरेर किरण रावसँग विवाह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?