नेकपाकाे केन्द्रीय कार्यालय धुम्बाराही की पेरिस डाँडा ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
१६ पटक हेरिएको
Shares
नेकपाकाे केन्द्रीय कार्यालय  धुम्बाराही की पेरिस डाँडा ?

सारांश

  • काठमाडौं,  २५ साउन ।
  •  जनसंगठन, पार्टीका प्रदेश र जिल्लामा एकताका लागि बनाइएको कार्यदलको समय साउन मसान्तसम्म थपिएको छ ।
  • अवधि भोलिसम्मका लागि मात्र थियो ।

काठमाडौं,  २५ साउन । जनसंगठन, पार्टीका प्रदेश र जिल्लामा एकताका लागि बनाइएको कार्यदलको समय साउन मसान्तसम्म थपिएको छ । अवधि भोलिसम्मका लागि मात्र थियो । कार्यदललाई ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, विभाग र आयोग सदस्यहरुको नाम सिफारिस गर्ने कार्यादेश पनि थपिएको छ ।

पार्टी सञ्चालनको निर्दे्शिका बनाउन सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र बेदुराम भुसाल रहेको कार्यदल बनाइयो । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको टोलीले चीन भ्रमण गर्ने निर्णय भयो ।
पार्टी स्थायी समितिको बैठक भदौ ८ र ९ गते बस्ने निर्देशन भयो । मन्त्रीहरु, प्रदेशको संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, जिल्ला समन्वय समितिका सभापति, उपसभापति नगर र गाउँ पालिकाका प्रमुख उपप्रमुखलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने निर्णय गरिएको छ ।

त्यसैगरी  नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भएकाे बताइएकाे छ ।  पेरिस डाँडामा जनसंगठन र विभागका कार्यालय रहने नेकपाले बताएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?