विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २६, २०७७
|
|
२७ पटक हेरिएको
Shares
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

सारांश

  • काठमाडौं, ।
  • मन्त्रिपरिषदको बैठकले डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
  • उनलाई आज साँझ बसेको बैठकले बढुवाको निर्णय गरेको हो ।

काठमाडौं, । मन्त्रिपरिषदको बैठकले डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ । उनलाई आज साँझ बसेको बैठकले बढुवाको निर्णय गरेको हो ।

बढुवाको निर्णयसँगै पोखरेल हालका आइजीपी शैलेश थापा क्षेत्रीपछि आइजीपी बन्ने निश्चितप्रायः भएको छ । उनलाई गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १५ मंसिरमा एआइजी बढुवामा सिफारिश गरेको थियो । त्यसअघि २७ कात्तिमा सरकारले एआइजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो ।

पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा हुनबाट रोक्ने कसरत भएको थियो । हिजो संसदको राज्य व्यवस्था समितिले गृहमन्त्री रामबहादुर थापा बादलसँग बढुवा सिफारिशबारे जानकारी मागेको थियो । समितिकी सभापति शशि श्रेष्ठले एआइजी बढुवाको सिफारिश रोक्न निर्देशन दिएकी थिइन् । पूर्व माओवादीनिकट सांसदहरुले पनि दरबन्दी बढाउने सरकारको निर्णयको कडा आलोचना गरे । त्यसको भोलिपल्टै उनको बढुवा निर्णय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?