कण्डोम पखालेर पुनः प्रयोग नगर्न सुझाव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ९, २०७६
|
|
३८ पटक हेरिएको
Shares
कण्डोम पखालेर पुनः प्रयोग नगर्न सुझाव

सारांश

  • झट्ट सुन्दा सामान्य नै लाग्ला, तर अहिले पनि कहीँ कतै कन्डम फेरि प्रयोग गर्नु हुँदैन भनेर ज्ञान बाँड्नुपर्ने अवस्था छ ।
  • रोग नियन्त्रणको क्षेत्रमा सक्रिय अमेरिकी संस्था ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले कन्डम प्रयोगकर्तालाई फेरि प्रयोग गर्न नहुने सन्देश प्रवाह गरेको छ ।
  • उक्त संस्थाले आफ्नो ट्वीटरबाट समेत कन्डमलाई पखालेर वा यत्तिकै पनि फेरि प्रयोग गर्न नहुने भन्दै सचेत गराएको हो ।

झट्ट सुन्दा सामान्य नै लाग्ला, तर अहिले पनि कहीँ कतै कन्डम फेरि प्रयोग गर्नु हुँदैन भनेर ज्ञान बाँड्नुपर्ने अवस्था छ ।

रोग नियन्त्रणको क्षेत्रमा सक्रिय अमेरिकी संस्था ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले कन्डम प्रयोगकर्तालाई फेरि प्रयोग गर्न नहुने सन्देश प्रवाह गरेको छ । उक्त संस्थाले आफ्नो ट्वीटरबाट समेत कन्डमलाई पखालेर वा यत्तिकै पनि फेरि प्रयोग गर्न नहुने भन्दै सचेत गराएको हो ।

लाखौंको संख्यामा कतिपय स्थानमा एकपटक यौन सम्पर्कको बेला प्रयोग गरिएको कन्डमलाई पखालेर फेरि प्रयोग गरेको पाइएपछि उक्त संस्थाले यस्तो सचेतना बाँडेको हो ।

‘हामी यस्तो भन्छौँ किनकि मानिसहरु यस्तै गर्छन् । कन्डमलाई पखाल्ने वा फेरि प्रयोग गर्ने काम नगर्नूस् ! हरेक पटक फ्रेस कन्डम नै प्रयोग गर्नूस्,’ संस्थाले सन्देश लेखेको छ । यसअघि गरिएका अध्ययनले ३ दशमलब ३ प्रतिशत मानिसले यौन सम्पर्कको बेला एउटै कन्डमलाई फेरि प्रयोग गर्ने गरेको देखाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?