विद्युत प्राधिकरणका उपप्रबन्धक चौधरीलाई सवा २ करोड भ्रष्टाचार मुद्दा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
विद्युत प्राधिकरणका उपप्रबन्धक चौधरीलाई सवा २ करोड भ्रष्टाचार मुद्दा

सारांश

  • काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप-प्रबन्धक विजयकुमार चौधरीलाई भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।
  • अख्तियारमा चौधरीले गैरकानुी रूपमा सम्पत्ति कमाएको भन्ने उजुरी परेको थियो ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप-प्रबन्धक विजयकुमार चौधरीलाई भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।

अख्तियारमा चौधरीले गैरकानुी रूपमा सम्पत्ति कमाएको भन्ने उजुरी परेको थियो । उजुरीपछि आयोगबाट गरिएको अनुसन्धानमा चौधरीले सार्वजनिक सेवामा रहँदा भ्रष्टाचार गरेको देखिन आएको अख्तियारको दाबी छ ।

चौधरीलाई बिगो २ करोड १४ लाख ५८ हजार रुपैयाँ कायम गरी जरिवाना र कैद सजाय हुन र निजले भ्रष्टाचार गरी गैरकानूनी रुपमा आर्जन गरेको चल अचल सम्पत्ति जफत हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप-पत्र दर्ता भएको छ ।

चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियंकाकुमारी चौधरी लगायतको नाममा बदनियतसाथ राखेको देखिएको अख्तियारको दाबी छ ।

श्रीमतीको नाममा रहेको चलअचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रियंकाकुमारीलाई समेत प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?