अदालतमा बयान दिनासाथ इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ३, २०७६
|
|
२७ पटक हेरिएको
Shares
अदालतमा बयान दिनासाथ इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन

सारांश

  • काठमाडौँ ।
  • कायरोको एक अदालतमा बेहोस भएर लडेका इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ।
  • मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए ।

काठमाडौँ । कायरोको एक अदालतमा बेहोस भएर लडेका इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ। मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए । सन् २०१२ मा निर्वा्चित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए। उनलाई एकान्त कारावासमा राखिएको थियो र उनका परिवार तथा वकिललाई पनि उनीसँग कमै भेट गर्न दिइन्थ्यो ।

अरब जगतमा भएको जनप्रदर्शनहरूपश्चात् सन् २०१२ मा मोर्सीको उदय भएको थियो। मुस्लिम ब्रदरहुडका एकजना प्रवक्ताले मुर्सीलाई उपचार सेवा उपलब्ध नगराइएको बताएका छन्। जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए ।

बाहिरको आवाज सुन्न नसकिने साउन्डप्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएका थिए। उनले अदालती कारबाहीमा बाधा नर्पुयाउन् भनेर त्यस्तो पिँजडामा राखिएको बताइएको थियो। उनको मृत्युको कारण भने खुलाईएको छैन ।

तर प्रारम्भिक रिपोर्टमा उनको शरीरमा चोटपटकका कुनै ताजा निसान नभएको जनाइएको छ। उनका छोरा मुर्सीको शवलाई परिवारिक चिहानस्थलमा गाड्न अधिकारीहरूले अनुमति नदिएको गुनोसो गेरेका छन् ।

यो पनि पढ्नुस्
गुठी विधेयक फिर्ता होला कि स्थगन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।
पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धारणा व्यक्त गर्लान् भन्ने चासो सबैमा छ । यद्यपी युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई सम्बोधन गर्न लागेका हुन् । तर भ्रमणको जानकारी औपचारिकताका लागि भए पनि अहिले जल्दोबल्दो विषय बनेको गुठी विधेयकबारे प्रधानमन्त्रीको धारणा महत्वपूर्ण हुने छ ।

प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय तथा सदनमा पेश भएका विधेयकबारे पनि आज सरकारी धारणा राख्नेछन् । सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।

त्यसैले प्रधानमन्त्री ओलीले आज बस्ने संसद बैठकमा गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान छ । त्यस्तै, मिडिया काउन्सिल विधेयकबारे पनि प्रधानमन्त्रीले धारणा राख्ने छन् । सरकारले यो विधेयक संसद्मा प्रस्तुत गरे पनि चौतर्फी विरोधका कारण अघि बढ्न सकेको छैन ।

यसअघि हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । गुठी विधेयकप्रति चासो राख्ने वडा तहदेखिकै नेता कार्यकतासमेत उपस्थित बालुवाटार छलफलमा केहीले भने तत्कालका लागि विधेयक स्थगन गर्न सुझाब दिएका थिए ।

गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधिहरु, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए ।

अधिकांशले विधेयक फिर्ता नै लिनुपर्ने अडान राखेकाले ओली दोधारमा परेका छन् । आफ्नै दलका केही सांसदले चर्को विरोध गर्दै विधेयक फिर्ता नलिए भोली विशला प्रदर्शन गर्ने चेतावनी दिइरहेका छन् ।

गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै उपत्यकामा केही दिनदेखि प्रदर्शन हुँदै आएको छ । आन्दोलन पक्षले ४ असारमा माइतीघर मण्डलामा विशाल प्रदर्शन गर्ने तयारी गरेका छन् ।

(https://bolivarescapes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?