एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : उपमहासचिव रिमाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
३६ पटक हेरिएको
Shares
एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : उपमहासचिव रिमाल

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् ।
  • पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ आएका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताए ।

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् ।

पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ आएका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताए ।

अर्थतन्त्र सङ्कटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रुपमा एमालेले खबरदारी जारी राख्ने उनको भनाइ छ ।

फरक प्रसङ्गमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताए । उनले भने, ‘यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेनीसमा खुलेकी सुहाना,हेर्नुहोस् हट तस्विर
भेनीसमा खुलेकी सुहाना,हेर्नुहोस् हट तस्विर
बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते
बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
निर्मला हत्या प्रकरण :  प्रमाण मेटाउन एसपी मुख्य दोषी
निर्मला हत्या प्रकरण : प्रमाण मेटाउन एसपी मुख्य दोषी
पेरिस ओलम्पिक: ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शिर्ष स्थानमा
पेरिस ओलम्पिक: ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शिर्ष स्थानमा
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
ओलीले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र
ओलीले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र
एसियाड खेलकुदः नेपाल समूह चरणबाटै बाहिर, पाकिस्तान २–१ गोल अन्तरले विजयी
एसियाड खेलकुदः नेपाल समूह चरणबाटै बाहिर, पाकिस्तान २–१ गोल अन्तरले विजयी
प्रदेश १ को पहिलो बैठक – सहिद स्मृतिमा नमुना बस्ती बनाउने निर्णय
‘सतीदेवीको शव बोक्दै’ कुमाले
‘सतीदेवीको शव बोक्दै’ कुमाले

तपाईंले छुटाउनुभयो कि?