आज मेघगर्जन सहित वर्षा हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ५, २०७६
|
|
२५ पटक हेरिएको
Shares
आज मेघगर्जन सहित वर्षा हुने

सारांश

  • काठमाडौं ।
  • आज (बिहीबार) दिउँसोको समयमा देशको पूर्व तथा मध्य क्षेत्रमा सामान्य वदली रही बाँकि भू–भागमा आंशिक वदली रहने मौस्म पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • महाशाखाका अनुसार पूर्व तथा मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ।

काठमाडौं । आज (बिहीबार) दिउँसोको समयमा देशको पूर्व तथा मध्य क्षेत्रमा सामान्य वदली रही बाँकि भू–भागमा आंशिक वदली रहने मौस्म पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्व तथा मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ।

त्यस्तैगरी रातिको सयममा देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोपा अमेरिकाः कोलम्बियाको लगातार दास्रो जित, पाहुना टोली कतार पराजित

एजेन्सी । कोलम्बियाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । बिहिबार बिहान भएको खेलमा कतारलाई १–० गोल अन्तरले पराजित गर्दै कोलम्बियाले दोस्रो जित निकालेको हो । मोरुम्बी स्टेडियममा भएको खेलमा कोलम्बियाको जितमा डुभान जापाटाले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका थिए । आमन्त्रित टिमको रुपमा पहिलो पटक कोपा अमेरिका खेलेको कतारले कोलम्बियालाई पहिलो हाफमा रोक्न सके पनि दोस्रो हाफमा उक्त प्रदर्शन दोहोर्याउन सकेन् ।

जितसंगै समूह बी को कोलम्बियाले २ खेलबाट ६ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा कोलम्बियाले अर्जे्न्टिनालाई २–० ले हराएको थियो । कतारको यो पहिलो हार हो । १ अंक जोडेको कतारले पहिलो खेलमा पाराग्वेसंग २–२ गोलको बराबरी खेलेको थियो ।

यो पनि पढ्नुस्
बौद्ध धर्ममा जातक कथा

जातक कथाको अर्थ हो जन्मको कथा हो । यी कथाहरू गौतम बुद्धको समयभन्दा केही पहिलेदेखि प्रचलित भएको मानिन्छ । जातक कथाहरूको मूल उद्देश्य जनसाधारणले बुझ्ने गरी पशुपंछी र मानिसहरूको कथामार्फत नैतिक शिक्षा, खास गरी बुद्ध धर्मका सन्देशहरूको प्रचार गर्नु हो ।

यी कथाहरू मूल रूपमा गौतम बुद्धले आफ्नो पूर्वजन्मको बारेमा भनेका कथाहरू मानिन्छन् । उनी पूर्वजन्ममा चरा, जानवर, मानिस आदि विभिन्न रूपमा जन्मेर भोगेका शिक्षाप्रद कथाहरू यसभित्र पर्छन् । केही कथामा उनका आफन्त र प्रिय शिष्यहरू पनि पूर्वजन्मका कथाका पात्रको रूपमा देखिएका छन् । बुद्धले पूर्वजन्ममा जुन पात्रको भूमिका खेले पनि त्यो पात्रको चरित्रले बुद्धका सिद्धान्तअनुरूप आचरण गरेको देखिन्छ ।

जातक कथाहरू आफैमा स्वतन्त्र वा बेग्लाबेग्लै कथा नभएर कुनै घटना वा कथासँग जोडिएर आएका कथा हुन् । जातक कथाभित्र जम्मा ५४७ कथाहरू छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?