८ महिनामा ३७ अर्बको धान तथा चामल आयात

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २२, २०७८
|
|
१७ पटक हेरिएको
Shares
८ महिनामा ३७ अर्बको धान तथा चामल आयात

सारांश

  • चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बको धान तथा चामल भित्रिएको छ ।
  • भन्सार विभागका अनुसार उक्त मुल्यको धान तथा चामल २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो ।
  • सो अवधिमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथा चामल नेपाल भित्रिएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बको धान तथा चामल भित्रिएको छ । भन्सार विभागका अनुसार उक्त मुल्यको धान तथा चामल २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो ।

सो अवधिमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथा चामल नेपाल भित्रिएको विभागले जनाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो आठ महिनामा नेपालले २२ अर्ब ७५ करोड ७९ लाख ९४ हजार रुपैयाँको चामल आयत गरेको छ । सो मुल्यमा ४३ करोड ४१ लाख ३२ हजार ३२२ केजी चामल नेलालले आयात गरेको हो ।

सोही अवधिमा विभिन्न देशबाट १४ अर्ब ७७ लाख ६३ हजार रुपैयाँको धान नेपालले आयात गरेको छ । सो मुल्यमा ४७ करोड ७३ लाख ११ हजार ९८२ केजी धान नेपाल भित्रिएको विभागले जानकारी दिएको छ । नेपालमा धान तथा चामल भारत, चीन, दक्षिण कोरिया, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, जापान, अमेरिकी, इटाली, बेलायत, भियतनाम र अष्ट्रेलियाबाट भित्रने गरेको छ ।

भारतबाट धान मात्र १३ अर्ब ९७ करोड ५५ लाख ८८ हजार रुपैयाँको नेपाल भित्रिएको छ । यस्तै सोही समयमा २२ अर्ब ५७ करोड ४७ लाख ५२ हजार रुपैयाँ चामल भारतबाट नेपालले आयात गरेको देखिन्छ । पछिल्लो आठ महिनामा अमेरिकाबाट १७ करोड ५८ लाख ७३ हजार रुपैयाँको चामल नेपालमा आएको छ ।

(lovelandhabitat.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?