दुवईमा पहिलोपटक सामाजिक सञ्जाल ‘टिकटक’ भेला
सारांश
- सचिन्द्र श्रेष्ठ, दुवई ।
- सामाजिक सञ्जालमा चर्चित हुँदै गईरहेको ‘टिकटक’ले अहिले सामाजिक संजालमा धेरै नै नाम कमाएको छ ।
- आफ़नो देश छोडेर बिदेशमा मज़दूरी गरी बस्ने टिकटकका साथीभाइहरुको भेटघाट हुनको लागी टिकटक़ प्रयोगकर्ताको भेला भएको छ ।
सचिन्द्र श्रेष्ठ, दुवई । सामाजिक सञ्जालमा चर्चित हुँदै गईरहेको ‘टिकटक’ले अहिले सामाजिक संजालमा धेरै नै नाम कमाएको छ ।
आफ़नो देश छोडेर बिदेशमा मज़दूरी गरी बस्ने टिकटकका साथीभाइहरुको भेटघाट हुनको लागी टिकटक़ प्रयोगकर्ताको भेला भएको छ । टिकटक प्रयोगकर्ता यम डी बोहोरा, नवीन पौडेल, प्रिन्स गेलाल र ओम् प्रकाशले छलफल गरी फिउजन डान्स ग्रुपसंग मिली कार्यक्रम गरिएको हो ।
यूएईको दुबईमा सोसल मिडिया एप टिकटकबाटै कार्यक्रमको लाइभ गरी भेटघाट कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाली गीत संगीत, मनोरन्जन खालका कार्यक्रम गरिएको थियो ।
टिकटक ग्रुप र फिउजन डान्स ग्रुपले आयोजना गरेको उक्त कार्यक्रममा युएईका बिभिन्न शहरबाट टिकटक प्रेमीहरु रसेलखेमा, अलएन अबुदाबी, फुजेरह, शारजाह, आजमांनका टिकटक युजर्सहरूको उपस्थित रहेको थियो ।
कार्यक्रमले साथीभाइसँगको जम्का भेट मात्र नभई सामाजिक कार्ये पनि गर्ने भनेर यम डी बोहोराले बताए। देश, विदेशमा हुने विभिन्न सामाजिक, सास्कृतिक कार्यक्रममा टिकटक प्रयोगकर्ताको साथ र सहयोग रहने युजर्स अमित सापकोटा बताउँछन्।

प्रतिक्रिया