कोशी ब्यारेजका सबै ढोका खोलिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २९, २०७६
|
|
३७ पटक हेरिएको
Shares
कोशी ब्यारेजका सबै ढोका खोलिए

सारांश

  • विराटनगर।
  • सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ ।
  • लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए।

विराटनगर। सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए।

नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताए। नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ। हिजो शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो।

यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् । पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ ।

बाढीपीडितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह
यसैबीच प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल वर्षा र त्यसले पु¥याएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन्।

शनिबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री तुम्बाहाङले वर्षा र पहिरोले ज्यान गुमाएका, बेपत्ता भएका र घरबारविहीन परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनशीलता देखाउँदै सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।

बाढी, पहिरोले प्रदेश नं १ उच्च जोखिममा परेको भन्दै उनले विज्ञप्तिमा पीडितपरिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुट्न सबै पक्षसँग आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुबानले प्रभावित भएको उल्लेख गर्दै उहाँले प्रभावित क्षेत्रका सबैमा उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्।

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता
काठमाडौं। शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४३ जना पुगेको छ।

नेपाल प्रहरीका अनुसार अविरल वर्षातसँगै आएको बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ, ओखलढुंगा र काभ्रेमा ३र३ जना, धादिङ, झापा, सिन्धुलीमा २र२ जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा चितवन र डोल्पामा १र१ जना गरी ४३ जनाको मृत्यु भएको हो। मृतकहरु मध्य १८ जना महिला र २५ जना पुरुष रहेका छन्।

यस्तै ११०४ जना उद्दार गरिएको छ। बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १र१ जना गरी जम्मा ११ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

प्रहरीले जनाएअनुसार घाईतेहरुको संख्या २० जना पुगेको छ। बाढी पहिरोमा परी मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १र१ जना गरि २० जना घाईते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

उता सिन्धुली ६ जना, ईलाम र मोरंगमा ३र३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं, ललितपुरमा १र१ जना गरि २४ जना बेपत्ता भएका छन्।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको प्रहरीले जनाएको छ। धादिङ बेनिघाटरोराङ गाउँपालिका–१० बादरेमोडस्थित पृथ्वी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पुर्ण बाटो, नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका–२२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड, ईलाम सूर्योदय नगरपलिका(९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका–२ स्थित तल्लो डुङ्गेश्वर, सियाकोट सुर्खेत सडकखण्ड लगायतमा भएको अवरोध हटाई बाटो खुलाईएको छ।

एकतर्फी सडक संचालनमा

यसैगरी रौतहट चन्द्रनिगाहापुर–२ स्थित पुर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुचारु, पाँचथर मेची राजमार्ग, ईलाम रोङ गाउँपालिका–४ स्थित मेची राजमार्ग, तेह्रथुम लालिगुँरास नगरपालिका–९ काडेस्थित म्याङलुङ बसन्तपुर सडकखण्ड लगायतका ठाउँमा अवरोध भएकोमा एकतर्फी बाटो खुलाईएको छ। सडक संचालनमा ल्याउन प्रयास भईरहेको छ

कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ। जसमध्ये रामेछाप, काभ्रे, सिन्धुली, मुस्ताङ, मनाङ, उदयपुर, खोटाङ, ओखलढुङगा, मकवानपुर, महोत्तरी, रसुवा, कालिकोट, ईलाम, कपिलबस्तु, सल्यान, धनकुटा लगायत जिल्लाका विभिन्न स्थानको सडक अवरोध खुलाउने कार्य जारी छ।

परिचालित प्रहरी संख्या

काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश नम्बर १ मा ६ हजार ३ सय ५ जना, प्रदेश नम्बर २ मा ५ हजार ७ सय २ जना, प्रदेश नम्बर ३ मा ३ हजार ४ सय ५ जना, प्रदेश नम्बर ६ मा ३ हजार १ सय १२ जना गरी प्रभावित स्थानहरुमा कूल २७ हजार ३ सय ८० जना प्रहरी कर्मचारीहरू उद्धारमा खटिएका छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।

नेपालद्वारा मलेसिया पराजित
काठमाण्डौ । कप्तान पारस खड्काले विस्फोटक पारी खेलेपछि मलेसियाविरुद्धको दुई ट्वेन्टी(२० क्रिकेटको शृङ्खलामा नेपालले अग्रता लिएको छ ।

मलेसियाले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारस एक्लैले ८६ रनको सानदार अविजित पारी खेले । मात्र ५० बलको सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरे ।

एउटा एण्डबाट उनले रन बनाइरहे पनि अर्को एण्डबाट विकेट झर्ने क्रम नरोकिँदा लामो साझेदारी भने हुन पाएन । तर, चौथो विकेटका लागि शरद भेषावकरसँग उनले ६१ रजको अविजित साझेदारी गरेका थिए । ६८ रनमा तेस्रो विकेटका रुपमा रोहित कुमार पौडेल ५ रनको स्कोरमा आउट भएपछि आएका भेषावकरले २० बलमा १ छक्कासहित अविजित १६ रन प्रहार गरे ।

टिमलाई जितका लागि ६ रन आवश्यक भएको अवस्थामा शरदले छक्का प्रहार गरी नेपाललाई १८.३ ओभरमा जित दिलाए ।

अर्का ओपनर प्रदीप ऐरी ४.३ ओभरमा ८ रनको स्कोरमै आउट भए पछि पारसले पारी सम्हालेका थिए । तेस्रो नम्बरमा आएका उपकप्तान ज्ञानेन्द्र मल्ल दशौं ओभरको अन्तिम बलमा अनवर रहमानको बलमा बोल्ड भए । उनले २० बलमा ७ रन मात्र जोड्न सके ।

यसअघि किनरा ओभल मैदानमा घरेलु टोली मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धा्िरत ओभरमा उसले ९ विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको थियो । मलेसियाका दुई जना खेलाडीले उत्कृष्ट ब्याटिङ गरेप नि अन्यको प्रदर्शन खराब रह्यो ।

पहिलो ओभरको पाँचौं बलमा नै नेपालले पहिलो सफलता हात पारेको थियो । सोपमाल कामीले पहिलो ओभरको पाँचौं बलमा सइद अजिजलाई आउट पार्दै पहिलो सफलता दिलाए । उनले रनको खाता नै खोल्न पाएनन् । त्यसपछि मलेसियाले आक्रामक रन बनाइरहेको अवस्थामा सन्दीप लामिछानेले फित्री सहमलाई पवेलियनको बाटो देखाए । सन्दीपले सातौं ओभरको पहिलो बलमा विकेट लिएका थिए । सहमले १२ रन बनाएका थिए ।

१५औं ओभरको दोस्रो बलमा भेटरान बलर बसन्त रेग्मीले क्रिजमा जमेका बलर विरानदिप सिंहलाई प्रदिप ऐरीबाट क्याचआउट गराए । विरानदिपले ४९ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै ५७ रन बनाएका थिए ।

त्यसपछि क्रिजमा आएका साफिक सरिफलाई पनि बसन्त रेग्मीले कट एण्ड बोल्ड गरे । सरिफले जम्मा २ रन बनाउन सके । १८औं ओभरको चौथो बलमा नयाँ ब्याट्सम्यान अनिमुद्धिन रामले रनआउट हुन पुगे ।

क्रिजमा जमेका अर्का ब्याट्सम्यान अहमद फियाजलाई करण केसीले लिलित नारायण राजवंशीबाट क्याचआउट गराएपछि मलेसियाले ठूलो योगफल तयार गर्न सकेन ।

समग्रमा विरानदिपले ५७ र फियाजले ४५ रन बाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् । मलेसियाका पाँच जना खेलाडीले खाता नै खोल्न सकेनन् । बलिङमा करण केसीले तीन विकेट लिए भने सन्दिप लामिछाने र बसन्त रेग्मी दुई–दुई विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?