युक्रेनमा कसरी फस्टाउँदैछ कोख भाडामा लिएर बच्चा जन्माउने काम ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
युक्रेनमा कसरी फस्टाउँदैछ कोख भाडामा लिएर बच्चा जन्माउने काम ?

सारांश

  • भारतले कोख भाडामा लगाउने व्यवसायमाथि रोक लगाएपछि युक्रेनमा यसको माग निकै बढेको पाइएको छ ।
  • संसारभरिबाट निःसन्तान दम्पतीहरु युक्रेनी महिलाको कोख भाडामा लिन युक्रेन आउने गरेका छन् ।
  • युक्रेनकी आनाले पनि आफ्नी छोरीको उज्वल भविष्यका लागि कोख भाडामा दिने निधो गरिन् ।

भारतले कोख भाडामा लगाउने व्यवसायमाथि रोक लगाएपछि युक्रेनमा यसको माग निकै बढेको पाइएको छ । संसारभरिबाट निःसन्तान दम्पतीहरु युक्रेनी महिलाको कोख भाडामा लिन युक्रेन आउने गरेका छन् । युक्रेनकी आनाले पनि आफ्नी छोरीको उज्वल भविष्यका लागि कोख भाडामा दिने निधो गरिन् । र, अर्कै दम्पतीको शिसु आफ्नो कोखमा हुर्काइ दिएवापत् आनाले करिब २० लाख रुपियाँ पनि पाइन् । आनाले अहिले अर्को जापानी दम्पतीको शिसु आफ्नो कोखमा हुर्काउने योजना बनाइ रहेकी छिन् । तर उनि कोख भाडामा दिनुको आर्थिक महत्व मात्र नभएको बताउछिन् ।

सुरुमा कोख भाडामा दिनुलाई सामान्य जस्तो बुझिए पनि नवजात शिसुका वावुआमा भेटे पछि उनिहरुले व्यक्त गर्ने खुशीले आपूmले त्यस्ता दम्पतीका लागि धेरै गरेको महशुस हुने आना बताउछिन् । युक्रेनी महिलाको कोख भाडामा लिनका लागि निःसन्तान दम्पतीले करिब ३० देखि ४५ लाख रुपियाँ खर्च गर्नु पर्ने देखिन्छ । युक्रेनमा विवाहीत दम्पतीले मात्र कोख भाडामा लिन पाउने व्यवस्था रहेको छ । त्यस्ता दम्पतीले आपैmले सन्तान जन्माउन नसकेको प्रमाण पनि सम्बन्धित अधिकारीसमक्ष पेश गर्नु पर्ने हुन्छ । युक्रेनका स्वास्थ्य केन्द्रमा कोख भाडामा दिने महिलाको राम्रो ख्याल गरिने पनि गरिन्छ । युक्रेनको ‘इलाया क्लिनिक’की डाक्टर ‘विरा दोरोशेन्को’ले १९ देखि ३५ वर्ष उमेरका महिलाले मात्र युक्रेनमा कोख भाडामा दिन पाउने कानुन रहेको बताउँछिन् । कोख भाडामा दिनु अघि प्रत्येक महिलाले पुरै स्वास्थ्य परिक्षण पनि गराउनु पर्दछ । त्यस्तै, मानसिक परामर्श, वंसाणुगत विश्लेषण र आवस्यक परेमा मनोचिकित्सासम्बन्धी परामर्शहरु पनि गर्नु पर्ने वाध्यकारी अवस्था युक्रेनमा रहेको छ ।

युक्रेनमा महिला हकहितका लागि काम गर्ने संस्थाहरु भने कोख भाडामा लगाउने महिलाहरुको माग ह्वात्तै बढेकाले उनिहरुको स्वस्थ्य परिक्षण उचित ढंगले नहोलाकी भन्नेमा चिन्तित रहेको पाइएको छ । महिला अधिकारवादी ‘मरिना लगेन्का’ले कोख भाडामा दिने महिलाको अधिकार कुनै पनि अवस्थामा हनन् गर्नु नहुने बताउछिन् । त्यस्ता महिलाको अधिकारलाई निःसन्तान आमावावुको सन्तान प्राप्त गर्ने अधिकारसँग जोडेर हेरिनु पर्नेमा पनि लगेन्काले जोड दिएकी छिन् । युक्रेन सरकारले कोख भाडामा दिने उद्योगको कसरी अनुगमन गरिरहेको छ भन्ने स्पष्ट नभएको खबरमा उल्लेख गरिएको छ । यस बिषयमा सरकारी अधिकारीले बोल्न नमानेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?