एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २९, २०७९
|
|
२६ पटक हेरिएको
Shares
एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा

सारांश

  • काठमाडौ ।
  • एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुले लाभांश घोषणा गरेका छन्।
  • क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

काठमाडौ ।एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुले लाभांश घोषणा गरेका छन्। क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित वन्दमुखी योजनाहरु एन आई सी एशिया ग्रोथ फण्ड र एन आई सी एशिया ब्यालेन्सड् फण्ड ले इकाईधनीहरुलाई १३ प्रतिशत (कर सहित) का दरले लाभांश प्रदान गर्ने भएको छ । त्यस्तै क्यापिटलले संचालन गरेको खुल्लामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई ६ प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

एन आई एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो । ब्यालेन्स फण्डले पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत प्रतिफल वितरण गरेको थियो । त्यस्तै एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले पहिलो वर्ष १० प्रतिशत प्रतिफल वितरण गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?