अविवाहित रेखाका १० प्रेमी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १२, २०७६
|
|
३९ पटक हेरिएको
Shares
अविवाहित रेखाका १० प्रेमी

सारांश

  • काठमाडौ, असार १२ ।
  • सन् ७० को दशकबाट बलिउड पर्दामा आफ्नो जादु चलाएर दर्शकको हृदयमा बसेकी अभिनेत्री रेखा ६० वर्षकी भइन् ।
  • सन् १९६६ मा उनी पर्दामा देखा परिन् बालकलाकारका रुपमा ।

काठमाडौ, असार १२ । सन् ७० को दशकबाट बलिउड पर्दामा आफ्नो जादु चलाएर दर्शकको हृदयमा बसेकी अभिनेत्री रेखा ६० वर्षकी भइन् ।सन् १९६६ मा उनी पर्दामा देखा परिन् बालकलाकारका रुपमा । फिल्म थियो, रंगुला रत्नम् । तमिल, तेलगु, कन्नड भाषासहितका झन्डै दुई सय फिल्ममा उनले काम गरिसकेकी छन् । उनको विवाह व्यवसायी मुकेश अग्रवालसँग भएको थियो । तर, नाम भने धेरै अभिनेतासँग जोडियो । त्यसकारण पनि उनको रिल जीवन र रियल जीवन चर्चामा रहिरह्यो । अझै पनि कुनै न कुनै रुपमा उनी चर्चामै छिन् ।रेखाको प्रेम जीवन साजिद खानबाट सुरुवात हुन्छ । महबुब खानका छोरा साजिद महबुब स्टुडियोका मालिक थिए । उनी अमेरिकाबाट फर्किएका थिए, आधुनिक विचारधाराका थिए । कामकै सन्दर्भमा उनीहरुबीच निकटता बढ्यो । तर रेखाको जीवनमा जब नवीन निश्चलको प्रवेश भयो, उनी साजिदसँग टाढिइन् ।

नवीन निश्चलसँगको प्रेम जीवनपछि उनी विश्वजीतसँग नजिक भइन् । आकर्षक छविका कारण दर्शकलाई मुग्ध पार्ने अभिनेता विश्वजीतसँग पनि उनको सम्बन्ध नजमेपछि रेखको सम्बन्ध जितेन्द्रतिर अघि बढ्यो । जितेन्द्र त्यतिबेला फिल्म उद्योगमा छाएका थिए ।तर जितेन्द्रले उनलाई खासै वास्ता नगरेपछि उनीहरुको सम्बन्ध अघि बढ्न सकेन ।त्यसपछि रेखा अभिताभ बच्चनको प्रेममा परिन् । बलिउड उद्योगमा सबैभन्दा चर्चितमध्येको प्रेमकहानी हो, रेखा र अमिताभको प्रेम । तर, अन्त्यमा अमिताभले रेखाको प्रेम स्वीकार नगरेपछि उनीहरुको सम्बन्ध अघि बढ्न सकेन । रेखा भने प्रेमका लागि सदैब तयार थिइन् ।

त्यसपछि रेखा शत्रुध्न सिन्हा, विनोद मेहरा र यश कोहलीसँगको प्रेम चक्करमा परिन् । यी कुनै पनि प्रेम टिकाउ भएनन् । तर पछि रेखाले सन् १९९० मा नयाँदिल्लीका व्यवसायी मुकेश अग्रवालसँग विवाह गरेकी थिइन् । तर, विवाहको केही महिनापछि मुकेशले आत्महत्या गरे । त्यसपछि प्रेम सम्बन्धबाट टाढै रहेकी रेखाको नाम कसैसँग जोडिएको छैन ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
नेपालगञ्ज बसपार्कबाट प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ
नेपालगञ्ज बसपार्कबाट प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ
नेपाल– अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा, नेपालको उन्नयनमा साझेदार
नेपाल– अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा, नेपालको उन्नयनमा साझेदार
झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति
झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति
चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ:अध्यक्ष प्रचण्ड
चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ:अध्यक्ष प्रचण्ड
एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने
एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने
चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
१६ वर्षीय किशोरद्वारा ८८ वर्षीया वृद्धा बलात्कृत
१६ वर्षीय किशोरद्वारा ८८ वर्षीया वृद्धा बलात्कृत
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति

तपाईंले छुटाउनुभयो कि?