महानगरपालिकाको कार्ययोजना : मोनोरेलदेखि बुद्ध पार्कसम्म

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ५, २०७६
|
|
३४ पटक हेरिएको
Shares
महानगरपालिकाको कार्ययोजना : मोनोरेलदेखि बुद्ध पार्कसम्म

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकाले आगामी ३ वर्ष भित्र मोनोरेल संचालनमा ल्याइसक्ने कार्ययोजना तय गरेको छ।
  • काठमाडौं महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्ष भित्र मोनोरेलको उचित व्यवस्था गरी संचालनमा ल्याउने उल्लेख गरिएको हो।

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी ३ वर्ष भित्र मोनोरेल संचालनमा ल्याइसक्ने कार्ययोजना तय गरेको छ। काठमाडौं महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्ष भित्र मोनोरेलको उचित व्यवस्था गरी संचालनमा ल्याउने उल्लेख गरिएको हो।

काठमाडौं महानगरपालिकाको नगरसभाले हालै पारित गरेको ‘आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम’ बारे जानकारी दिन आइतबार काठमाडांैमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले फोहोरमैला व्यवस्थापन, बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, बालाजु बाइसधाराको स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाहरुको सुदृढीकरण, पर्यटन पदमार्गको पनि उचित व्यवस्थापन गर्ने कार्यक्रम तय गरिएको बताए।

त्यसैगरी काठमाडौं महानगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विश्व सम्पदा सूचिमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्न विशेष कार्यको थालनी पनि चालू आर्थिक वर्ष भित्रबाट सुरु गर्ने प्रतिवद्धता जनाएको छ। प्रवक्ता डंगोलले प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तारका लागि आगामी २ वर्ष भित्र प्राविधिक विद्यालय संचालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको बताए।

ज्येष्ठ नागरिकहरुलाई उपचारको उचित व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ पनि संचालनमा ल्याउने महानगरपालिकाको योजना छ। त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको प्रवक्ता डंगोलले बताए। महानगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रण गरी त्यसमा बाल मैत्री उद्यान, योगापार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको विकास गर्ने योजना नीति तथा कार्यक्रममा समेटेको छ।

त्यसैगरी सहरको मुख्य मुख्य चोकमा ‘मेयर उज्यालो कार्यक्रम’ अन्तरगत हाईमास बत्ति जडान गर्ने कार्यक्रम चालू आर्थिक वर्ष भित्र संचालनमा ल्याउने गरी तय गरिएको प्रवक्ता डंगोलले बताए।

युरोप पठाउछु भन्दै ठग्ने पक्राउ
चितवन, रत्ननग वडा नं ४, देवौली घर भई हाल काठमाडौँको धापासीमा बस्दै आएका नविनकुमार चौधरीले वर्किङ भिसामा युरोप पठाई दिन्छु भन्दै ठगी गरेपछि प्रहरीले पक्राउ गरेको छ । उनले आकर्षक तलबमा काम लगाई दिन्छु भनेर विभिन्न मितिमा ५१ लाख ५० हजार रुपैयाँ लिई भारत पुर्याई अलपत्र पारेका थिए । भारतमा अलपत्र पारी भागेपछि बसन्त केसी लगायतका व्यक्तिले गत जेठ २ गते प्रहरीमा जाहेरी दिएपछि चौधरीको ठगीको खुलासा भएको थियो ।

जाहेरी पछि प्रहरीले चौधरीको खोजीकार्य तिव्र बनाएको थियो । सोही क्रममा असार ३१ चौधरीलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले टोखा, ग्राण्डी अस्पताल नजिकै फेला पारी पक्राउ गरेको थियो । पक्राउ परेका चौधरीलाई अनुसन्धान तथा कारवाहीका लािग महानगरीय प्रहरी परिसर पठाइएको छ ।
गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागी पठाईएको ।

मूलुकी ऐन ठगीको महल अनुसार झुक्याई विश्वासमा पारी ठगी गरे कसुरको मात्रा हेरी विगो भराई विगो बमोजिमको जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

विभाग र आयोगको नाम टुंगो लगाउन प्रचण्डलाई सकस
पार्टी एकीकरण भएको १५ महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिइने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमति अनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ ।

विभाग तथा आयोगका प्रमुख र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेर देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । कतिपय विषयमा सहमति जुटिसकेको र केही विषयमा सहमति जुट्न बाँकी रहेको श्रेष्ठले भने । सचिवालय बैठकले बाँकी टुंगो लगाउने पनि श्रेष्ठले जनाए ।

महत्वपूर्ण मानिएको विभाग र आयोग प्रमुखको नामावली मोटामोटी टुंगो लागिसकेको छ । विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल र संगठन विभागको प्रमुखमा वामदेव गौतम रहने सहमति जुटेको बताइएको छ ।
पूर्व एमालेबाट विभाग र आयोगको प्रमुख बन्नेहरुको नामावली तयार भएपछि पूर्व माओवादी केन्द्रको भागमा परेको विभाग प्रमुखको नामावली टुंगो लगाउन प्रचण्डलाई सकस परेको छ । विभाग र आयोगको प्रमुख बन्ने आकांक्षीको संख्या धेरै हुँदा नाम टुंगो लाग्न नसकेको बताइएको छ ।

हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०
विदेशतिर कस्टमाइज गरिएका बाइकको निकै नै चर्चा हुने गर्छ । यस्तै चर्चा बटुल्ने खालको यो रोयल इन्फिल्ड क्लासिक ३५० बाइक हो । सुन्तला कलरमा सजिएकोले यसको नाम सुन्तली राखिएको छ ।

प्रविण राईको यो बाइकलाई नासा रोयल इन्फिल्डर्समा कस्टमाइज गरिएको हो । यसको डिजाइन प्रकाश लिम्बुले गरेका हुन् भने फिटिङ चाहिं हेड मेकानिक अनिल दासले गरेका हुन् ।

यातायात व्यवस्था विभागबाटै अनुमति लिएर यसको डिजाइन गरिएको लिम्बुले बताए । यसमा पित्तलको लुकिङ ग्लास, हेड कभर, लिभर, ब्याक लाइट, साइड ब्याक कभर आदि प्रयोग गरिएको छ ।

काठमाडौंको नक्साल, नागपोखरीमा अवस्थित नासा रोयल इन्फिल्डर्समा रोयल इन्फिल्डका बाइक सर्भि्सिङ र मर्मत गरिन्छ ।

नेकपामा कुन विभागको जिम्मेवारी कसलाई ?
नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छ्न् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेका हुन् । विगतमा आफूसँग गरिएका प्रतिबद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए ।

बालुवाटारमा बिहीबार राति बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो । विभागको नेतृत्वसम्बन्धी सहमति आइतबार बस्ने सचिवालय बैठकमा पेस हुनेछ । ओलीले गौतमलाई पुनः आफ्नै समूहमा ल्याउन रोजेकै विभाग दिन लागेका हुन् । केही दिनअघि ओलीले गौतमलाई बोलाएर लामो छलफल गरेका थिए ।

छलफलमा ओलीले मिलेर जाने प्रस्ताव राखेका थिए । गौतमले भने सक्रिय भूमिका दिन आग्रह गरेका थिए । यसअघि ओलीले संगठन विभागमा रामबहादुर थापालाई लैजाने तयारी गरेका थिए । पूर्वएमालेको सन्तुलन नबिगार्नका लागि गौतमलाई नेतृत्व दिने निर्णयमा ओली पुगेका हुन् । कान्तिपुरका अनुसार विदेश विभागको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिने सहमति भएको छ ।

नेपालले यो विभागको नेतृत्व पहिले पनि सम्हालिसकेका छन् । अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिन लागिएको छ । पूर्वएमालेको भागमा परेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलाई दिने समझदारी भएको छ । पूर्वमाओवादी पक्षले भने पोखरेलको नामलाई रुचाएको छैन । उसले यो विभागको नेतृत्व आफैंले पाउनुपर्ने बताउँदै आएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली र उनकी पत्नीले घोषणा गरे मरणोप्रान्त अंगदान
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी पत्नी सरस्वती ज्ञवालीले मृत्यु पश्चात अंगदान गर्ने मन्जुरीनामामा आज हस्ताक्षर गरेका छन् । मन्जुरीनामामा उनले उल्लेख गरेका छन् ‘‘मेरो मृत्यु पश्चात मेरो शरीरबाट मृगौला–मुटु–फोक्सो–कलेजो–प्याँक्रियाज–सानो आन्द्रा झिकी मृगौला–मुटु–फोक्सो–कलेजो–प्याक्रियाज–सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकोले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५को दफा १६को उपदफा(१)को खण्ड (ख) बमोजिम् जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखि दिएको छु । ’’
ज्ञवाली दम्पत्तिले आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मरणोप्रान्त अंगदानको घोषणा गरेका हुन् ।

(https://follycoffee.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र नेपालबीचको मनमुटाव उत्कर्षमा, बोलचाल नै बन्द
ओली र नेपालबीचको मनमुटाव उत्कर्षमा, बोलचाल नै बन्द
सरकारविरुद्ध आन्दोलन गर्ने डिएलएको चेतावनी, स्वेच्छाचारी भएकोे आरोप
सरकारविरुद्ध आन्दोलन गर्ने डिएलएको चेतावनी, स्वेच्छाचारी भएकोे आरोप
टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार
टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार
क्रिकेटमा अनौठा प्रविधि, यस्तो हुँदैछ विश्वकप २०१९
क्रिकेटमा अनौठा प्रविधि, यस्तो हुँदैछ विश्वकप २०१९
प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
प्रधानन्याधीशमा जोशी  सिफारिस !
प्रधानन्याधीशमा जोशी सिफारिस !
मानवअधिकारको संरक्षणले मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल
मानवअधिकारको संरक्षणले मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल
आज विजया दशमी: टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा
आज विजया दशमी: टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा
वर्षमान पुन र ओनसरी घर्तीले गुन्जाए हाँसो, बैठक सभा मै
वर्षमान पुन र ओनसरी घर्तीले गुन्जाए हाँसो, बैठक सभा मै
नयाँबसपार्कको कान्तिपुर मल दशैँ योजना स् मोटरसाइकलदेखि टेलिभिजनसम्म उपहार
नयाँबसपार्कको कान्तिपुर मल दशैँ योजना स् मोटरसाइकलदेखि टेलिभिजनसम्म उपहार

तपाईंले छुटाउनुभयो कि?