सरकारविरुद्ध आन्दोलन गर्ने डिएलएको चेतावनी, स्वेच्छाचारी भएकोे आरोप

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सरकारविरुद्ध आन्दोलन गर्ने डिएलएको चेतावनी, स्वेच्छाचारी भएकोे आरोप

सारांश

  • काठमाडौं, ५ मंसिर ।
  • प्रजातन्त्रवादी काननु व्यवसायीहरुको संस्था डेमोक्र्याटिक लयर्स एशोसिएसन (डिएलए)ले बर्तमान सरकारले दण्डहिनतालाई प्रश्रय दिएको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
  • अपराधीलाई पक्ष पोषण गर्ने सरकारको शंकास्पद भूमिकाले नागरिक सुरक्षाको अनुभुति हुन नसकिरहेको डिएलएको ठम्याई छ ।

काठमाडौं, ५ मंसिर । प्रजातन्त्रवादी काननु व्यवसायीहरुको संस्था डेमोक्र्याटिक लयर्स एशोसिएसन (डिएलए)ले बर्तमान सरकारले दण्डहिनतालाई प्रश्रय दिएको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
अपराधीलाई पक्ष पोषण गर्ने सरकारको शंकास्पद भूमिकाले नागरिक सुरक्षाको अनुभुति हुन नसकिरहेको डिएलएको ठम्याई छ ।
देशका विभन्न ठाउँहरुमा भएका घरेलु हिंसा, बलात्कार, हत्या, अपहरण तथा यौनजन्य हिंसाको कारण महिला तथा बालबालिकाहरु असुरक्षित भइरहेकाले त्यसतर्फ तत्काल संवेदनशिल हुन डिएलएले आह्वान पनि गरेको छ ।
निर्मला पन्तको बलात्कारपश्चात भएको हत्या सम्बन्धमा लामो समयसम्म पनि अपराधीको पहिचान गरी कानुनी दायरमा ल्याउन राज्य संयन्त्र उदासिन भएको डिएलएको आरोप छ ।
आफ्नो २९औं स्थापना दिवसको अवसरमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा डिएलएका अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले वर्तमान राज्य सत्ताबाट प्रेस स्वतन्त्रता, कानुनी राज्य, मानव अधिकारको पालना हुन नसकिरहेको टिप्पणी गरे ।
उनले सरकारको गतिविधि हरेक दृष्टिकोणले आलोच्य र शंकास्पद रहेको बताउँदै कानुनको परिपालनाका लागि सरकारलाई दवाव दिन देशव्यापी अभियान चलाउने तयारी भइरहेको जानकारी पनि दिए ।
संसदीय सुनुवाई समिति, सरकार र सत्तारुढ दलको प्रत्यक्ष दबाबमा न्यायपालिकाको स्वतन्त्रतालाई प्रभावित पारी न्यायाधीशलाई कार्यपालिकाको नियन्त्रणमा राख्ने भावनाबाट राज्य संचालकहरु ग्रसित रहेको उनको ठम्याई छ ।
त्यसैगरी कानुन बमोजिम नियूक्त भएका विभिन्न निकायका पदाधिकारी तथा राजदुतहरुको समयावधी पुरा नहुदै प्राकृतिक न्यायको सिद्धान्त विपरीत निस्कासन गर्ने सरकारका क्रियाकलापहरु स्वेच्छाचारी देखिएको डिएलएले जनाएको छ ।
अध्यक्ष अधिकारीले भने, “देशमा बढदो भ्रष्टाचार, मंहगी र कालोबजारीलाई नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्ने दिसामा सरकार उदासिन रही आफना कार्यकर्ताको पक्षपोषण गर्ने दिसा तर्फ अग्रसर रहेको देखिन्छ ।”
पछिल्लो समय नेपाल सरकार मन्त्रीपरिषदबाट भएका निर्णयहरु गोप्य राख्ने कार्य अत्यन्त शंकास्पद रहेको डिएलएका उपाध्यक्ष राजु कटुवालले बताए । उनले परराष्ट्रनीति तथा कुटनीतिक मर्यादालई सरकारले पालना गर्न नसकेको पनि टिप्पणी गरे ।
डिएलएले स्थापना दिवसको अवसरमा तीन दिने कार्यक्रमको आयोजना गरेको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिइन् ।
डिएलएको स्थापना २०४७ साल मंसीर ५ गते भएको हो । यसको संस्थापक अध्यक्ष स्व. लक्ष्मणप्रसाद अर्याल हुन् भने महादेव प्रसाद यादव, यज्ञमुर्ति बन्जाडे, बसन्तराम भण्डारी, शेर बहादुर के.सी., प्रा.डा. रंन्जितभक्त प्रधानाङ्ग, बाबुराम कुँवर, उपेन्द्रकेशरी नयौपाने, यदुनाथ खनाल, गोपालकृष्ण घिमीरे र भरत प्रसाद खरेलले डिएलएको अध्यक्षको रुपमा नेतृत्व गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?