प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
सारांश
- काठमाडौँ – भारतीय रियालिटी शो, ‘सारेगमप लिटल च्याम्प्स’ मा आज नेपालका आयुष केसीले प्रस्तुति दिदैछन् ।
- हरेक शनिबार र आइतबार सबा ९ बजे प्रशारण हुने बाल गायन प्रतियोगितामा आयुष नेपालबाट सहभागि भएर गउका हुन् ।
- सिन्धुपाल्चोक घर भएका आयुष हाल भक्तपुर बस्छन् ।
काठमाडौँ – भारतीय रियालिटी शो, ‘सारेगमप लिटल च्याम्प्स’ मा आज नेपालका आयुष केसीले प्रस्तुति दिदैछन् । हरेक शनिबार र आइतबार सबा ९ बजे प्रशारण हुने बाल गायन प्रतियोगितामा आयुष नेपालबाट सहभागि भएर गउका हुन् ।
सिन्धुपाल्चोक घर भएका आयुष हाल भक्तपुर बस्छन् । १२ वर्षका आयुष कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘सुरशाला जुनियर आइडल’ को विजेता भइसकेका छन् । सानैबाट संगीतमा रुची राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेका थिए । उनले औपचारिक संगीत शिक्षा थालेको ५ वर्ष भइसकेको छ ।
प्रतियोगितामा जानु अगाडि उनी झम्सिखेलको सुरशाला म्यूजिक एकेडेमीमा अमृत क्षेत्रीसँग संगीत सिक्दै थिए । आयुष अहिले भक्तपुर, दधिकोटको मोर्डन स्कूलमा कक्षा ७ मा अध्ययनरत छन् । जीटिभीले सार्वजनिक गरेको प्रोमामा उनको स्वर सुनेर निर्णयकहरु खुशी भएको देखाइएको छ ।
आजको प्रस्तुतिमा छनौट भएपछि आयुष उत्कृष्ट १५ मा पुग्नेछन् । सारेगमपको यो सिजनमा गायक शान, ऋचा शर्मा र संंगीतकर्मी अमाल मलिक निर्णायक छन् ।
यो कार्यक्रममा नेपालका अर्का बालक प्रितम आचार्यले आफुलाई उत्कृष्ट सावित गरिसकेका छन् ।
प्रतियोगितामा भाग लिन भारत जानु अघि आयुषले शिखरन्यूजसँग भिडियो अन्तरवार्ता गरेका थिए । भिडियोको लिंक तल रहेको छ ।
https://www.youtube.com/watch?v=9gzMViivEe4&t=89s
प्रतिक्रिया