हामी धर्तीमा अन्धकार छर्दैछौ ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
हामी धर्तीमा अन्धकार छर्दैछौ ।

सारांश

  • कथा विजय तिमिल्सिना क्यान्सर होस्पितल बाट निस्कना साथ चुरोट सल्काउन हातर हुन्छ ।
  • भित्र बिरामीको अवास्ता देख्दा किन खान्छन मान्छे चुरोट,किन खन्छु म आँफै पनि साह्रै ग्लानी हुन्छ ।
  • तर त्यो पिँडा होस्पिटल बाहिर निस्कना साथ भुलिहालिन्छ ।

कथा

विजय तिमिल्सिना

क्यान्सर होस्पितल बाट निस्कना साथ चुरोट सल्काउन हातर हुन्छ । भित्र बिरामीको अवास्ता देख्दा किन खान्छन मान्छे चुरोट,किन खन्छु म आँफै पनि साह्रै ग्लानी हुन्छ । तर त्यो पिँडा होस्पिटल बाहिर निस्कना साथ भुलिहालिन्छ । कस्तो लात लाग्यो लाग्यो । हरेक दिन छोड्ने कोसिस गर्छु,हरेक दिन फेल हुन्छु ।

स्कुल पढदा गनाउने टवाइलेट भित्र बसेर किन ज्ञान बहादुरले चुरोट तान्थ्यो आज बल्ल थाहा भो । ज्ञानेलाई त्यती नै बेला लत लागिसकेको थियो । पुरै बिग्रिने समयमा लाइन समाएको टोलकै उदाहरण मान्छे पनि चुरोटको लतमा फसेछ भन्दै सबैले कुरा काट्न थाली सकेछन । मलाई भने पत्तो नै छैन ।

पाइन्टो पछील्लो खल्तीमा एउटा कापी भिरी जब क्याम्पस पढ्न थालियो । लाग्थ्यो अब सबै सपना पुरा गर्ने ढोका खुल्यो । तर कहाँ सोचे जस्तो हुदोरहेछ । यो १५-१६ वर्षको उमेरपो झन डर लाग्दो हुदोरहेछ । देखे जती सबै गर्न मन लग्ने । कुन बाटो सही कुन बाटो गलत छुटाउन नै गर्हो पर्यो । देखासिकी र फेसनले छुदै गरेको शहरमा ईंग्लिस र हिन्दी फिलिमको प्रभावमा चुर्लुमै डुबियो । घरमा अभिभावकको किचकिचको सामना गर्दा गर्दै बल्ल बल्ल २० काटियो ।

जुँगाको रेखी बसे पछी बुद्धी पनि आउछ भन्थे हो जस्तो पनि लाग्न थान्यो । ठेट्नाको संगत अब कम गर्नु पर्छ र आँफै कमाउनु पर्छ भन्ने लाग्यो । सधैं अभिभावकको पकेटमा भर पर्दा आफ्नो खुशीको गला रेटिएको महसुस भयो । जागिर खाने आफ्नो कमाइले आफ्नो गर्ने सोचका साथ अगी बढीयो । तर पहिलो महिनाकै तलबमा घरकाको आँखा लाग्दो रे छ । अभिभावकलाई जिम्मेवारी कम भएको मात्रै होइन आधार पनि थपिदो रे छ । मेरो कमाइ मेरो लागि मात्रै होइन रेछ । घरका लागि पनि खर्चिनु पर्ने ठुलो दायीत्व रेछ । म माथिको लगानी त आमा बाबुले मलाई साँवा,ब्याज उठाउने गरी दीइेएको सापटीको रहेछन ।

घडीको सुही एक्नास चल्छ तर मौसम र जिन्दगीमा फेरबदल किन ? जब २-३ वर्षकै उमेरमा घर बाट झोला बोकाइ स्कूल पठाइन्छ हो त्यही दिन देखी नै मान्छेले तनाव बोक्न सुरु गरी सकेको हुनेरेछ ? पढाईको तनावमा जीवनलाई घिसार्दा घिसादै अर्को व्याबहारिक तनावले भेटाइ हाल्छ । पढाई,घर परिवार,समाज र राष्ट्र सोच्दा सोच्दै जीवनले पूर्ण श्वास फेर्ने समय पनि आईहाल्छ ।

अभिभावकले डक्टर,इन्जिनियर,पाइलट,प्रोफेसर सबै बनाउने सपना देखे होलान ? हालको परिणाम म मेरो पोजिसन खोइ कहाँ छ ? त्यो स्कुल फर्स्ट ब्वाई के गर्दैछ भनेर आज पनि मलाई स्कुल खोज्दै होला ? मेरा साथी जो म भन्दा पढाईमा कम्जोर थिए तिनीहरुले मलाई ठुलो मान्छे भएको ठान्दा हुन । तर म चुरोटको धुवाको मुस्लोमा हराएको छु । कहिले काँही त म आफुले आँफैलाई पनि भेटदिन ।

‘सोचे जस्तो हुन्न जीवन’ यो गीत जस्तै वास्तवमै जस्तो भोग्यो उस्तै हुदोरहेछ जीवन । काम,घर,परिवार,आफन्त,समाज आदी इत्यादी भोज्दा भोग्दै जीवनले बिट मार्दै रहेछ । म जस्तै धेरैलाई यो लतले सतायको छ । सुरुमा धुवामा रमाउने म जस्ता धेरैको अहिले दु:ख भुल्ने साथी भएको छ । सरासर गलत लतको शिकार भएको थाहा हुँदा हुँदै पनि किन यस्तो गल्ती गर्दैछु म ? आँफैले आँफैलाई प्रश्न गर्‍यो बेतुकको प्रश्न भैरहेको छ । सुन्छु प्रधान मन्त्रीको फोक्सोमा दाग छ रे,गृहमन्त्री सुधारको कुरा धुवा उडाउदै गर्छन् रे अनी स्वास्थ्य मन्त्री पनि होसियार भन्दै चोर औंलाको ठाउमा चुरोट ठडाउछन रे । अर्थमन्त्रीको लत ठीक छ उनी पैसाको लतमा भएको कुरा बेला बेलामा भाईरल भैरहन्छ । कर्मचारी नियतमै दाग लिएर कार्यालय छिर्छन त्यो पनि सबैलाई थाहा भएको कुरा हो । सोच्छु दाग न भएको को छ र,दाग चन्द्रमा पनि छ । फरक यती छ कि हामी धर्तीमा अन्धकार छर्दैछौ,चन्द्रा आकाशमा दागी भएर पनि उज्यालो दिन सफल छ ।

(Hydroxyzine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व युवराजको स्टाटसमा करिष्मा मानन्धरको प्रतिकृया !!
पूर्व युवराजको स्टाटसमा करिष्मा मानन्धरको प्रतिकृया !!
सगरमाथा पुग्ने पहिलो शेर्पा महिला पत्रकार ?
सगरमाथा पुग्ने पहिलो शेर्पा महिला पत्रकार ?
अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
मेयरले भने, तुलसीपुर आउनुस्, बसपार्कमा मज्जाले बच्चालाई स्तनपान गराउनुस्
मेयरले भने, तुलसीपुर आउनुस्, बसपार्कमा मज्जाले बच्चालाई स्तनपान गराउनुस्
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
शुक्रबार ९ सय संक्रमित थप, २०८ जना डिस्चार्ज
शुक्रबार ९ सय संक्रमित थप, २०८ जना डिस्चार्ज
दक्षिण कोरियामा एकैदिन ६ सयमा भेटियो कोरोना सक्रमण
दक्षिण कोरियामा एकैदिन ६ सयमा भेटियो कोरोना सक्रमण
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
महिलालाई आत्मनिर्भर बनाउँदै जुम्लाको तिला गाउँपालिका
महिलालाई आत्मनिर्भर बनाउँदै जुम्लाको तिला गाउँपालिका

तपाईंले छुटाउनुभयो कि?