नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २२, २०७७
|
|
२२ पटक हेरिएको
Shares
नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै

सारांश

  • हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली सङ्घ (इयू) को कालोसूचीबाट हट्ने देखिएको छ ।
  • उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायत कारणले नेपालको उड्डयन क्षेत्रमा गरिएको सुधारको प्रशंसा गर्दै इयूले नेपाललाई सुरक्षा सूचीबाट हटाउने सङ्केत गरेको हो ।
  • अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) स्थापना दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै इयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा गरेको छ ।

हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली सङ्घ (इयू) को कालोसूचीबाट हट्ने देखिएको छ । उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायत कारणले नेपालको उड्डयन क्षेत्रमा गरिएको सुधारको प्रशंसा गर्दै इयूले नेपाललाई सुरक्षा सूचीबाट हटाउने सङ्केत गरेको हो ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) स्थापना दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै इयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा गरेको छ । यसबाट नेपालमाथि उडान प्रतिबन्ध फुकुवा हुने सङ्केत मिलेको छ ।

इयूको चासोअनुरुप नेपाल सरकारले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न देखाएको प्रतिबद्धता, नेपालको उड्डयन क्षेत्रले सुरक्षामा उल्लेख्य प्रगति तथा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी विधेयक संसद्मा पारित हुने प्रक्रियामा रहेकाले पनि सकारात्मक प्रगति हुने अपेक्षा गरिएको छ । “नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा इयू जानकार छ”, विज्ञप्तिमा उल्लेख छ । नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया शुरु गर्न सहज हुने इयूले उल्लेख गरेको छ । खासगरी संसद्मा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीन मापदण्ड कार्यान्वयनमा लैजान सकिने पनि इयूले स्पष्ट पारेको छ ।

त्यसैगरी हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपालमा भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ । नेपालले हवाई सुरक्षाको समग्र क्षेत्रमा अन्तरराष्ट्रियस्तरदर राम्रो रहेका सन्दर्भमा इयूको विज्ञप्तिले नेपाल छिट्टै सुरक्षासूचीबाट हट्ने विश्वास बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए। “इयूको विज्ञप्ति सकारात्मक छ, ओभरअल सेफ्टीमा हाम्रो उपलब्धि राम्रो छ, नेपालले आफ््नातर्फबाट आवश्यक तयारी गर्नुपर्छ”, उनले भने।

नेपालको हवाई सेवामा प्रश्न उठाउँदै इयूले सात वर्षअघि अर्थात् सन् २०१३ डिसेम्बर ५ तारिखदेखि सुरक्षण सूचीमा राखेको थियो । सोही कारण नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाइएको थियो । यसअघि सन्् २०१७ आइकाओले नेपाली जहाजलाई चार वर्षदेखि लगाउँदै आएको गम्भीर सुरक्षा चासो सूचीबाट हटाएको थियो ।

क्यानले यही मङ्सिर १२ गते प्रकाशन गरेको ‘एभिएशन सेफ्टी रिपोर्ट–२०२०’ ले नेपालमा हवाई दुर्घटना दर घटेको देखाएको थियो । उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथा जनशक्तिको क्षमता अभिवृद्धिलगायत कारणले नेपालको हवाई दुर्घटनादर घटेको र यसबाट हुने मृत्युदर पनि घटेको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो १० वर्षका अवधिमा नेपालको हवाई उड्डयन सुरक्षास्तर दरमा प्रगति हुनाले पनि यसको पुष्टि गर्छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०१९ को एभिएशन सेफ्टी रिपोर्टमा नेपालको हवाई क्षेत्रमा जहाजतर्फ एक दुर्घटना र तीनको मृत्यु भएको छ । सन् २०१० मा दुई दुर्घटनामा ३६ को मृत्यु भएको थियो ।

त्यस्तै हेलिकोप्टरतर्फ सन् २०१९ दुई दुर्घटनामा सात जनाको मृत्यु भएको छ । क्यानका अनुसार नेपालको उडान सुरक्षादर आइकाओले निर्धारण गरेको ६० प्रतिशतभन्दा माथि नेपालले करीब ६७ प्रतिशत प्रगति गरेको छ । एशिया प्रशान्त क्षेत्रका मुलुकको हवाई सुरक्षादर ६४ प्रतिशत रहेको जनाइएको छ ।

आइकाओको ग्लोबल एभिएशन सेफ्टी प्लानको ६० प्रतिशतभन्दा माथि नेपालको प्रगति रहेको र सो स्तरदरलाई ७५ प्रतिशत पु¥याउने लक्ष्यका साथ काम गर्नुपर्ने क्यानले उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित
काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर  सभापति देउवाले हुकुमी शासन चलाए  ;पौडेल
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर सभापति देउवाले हुकुमी शासन चलाए ;पौडेल
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
Why Are Many Public Meeting People Abroad Through International Online dating sites?
कपिलवस्तुमा मोटरसाईकल दुर्घटना, ६ जना घाइते
कपिलवस्तुमा मोटरसाईकल दुर्घटना, ६ जना घाइते
टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो
टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो
३ तले घर भएकाको हातमा पुग्यो ‘गरिब परिचय’ पत्र
महाभियोगमा सफाइ पाएपछि खुसीयाली मनाउँदै ट्रम्पले दिए रोषपूर्ण प्रतिक्रिया
महाभियोगमा सफाइ पाएपछि खुसीयाली मनाउँदै ट्रम्पले दिए रोषपूर्ण प्रतिक्रिया
सरकारी खर्चमा भ्रमण मोह

तपाईंले छुटाउनुभयो कि?