विश्वकै ठूलो बुद्ध मूर्ति बनाउँदै नेपाली मूर्तिकारहरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
२९ पटक हेरिएको
Shares
विश्वकै ठूलो बुद्ध मूर्ति बनाउँदै नेपाली मूर्तिकारहरु

सारांश

  • जापानको कामिआमाकुसा शहरको एउटा विशाल पहरामा बुद्धको मूर्ति बनाइदैछ ।
  • यस्तो विशाल मूर्ति निर्माणको नेतृत्व गर्दैछन् मोरङ, उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी ।
  • मूर्ति बनाउने कार्यमा उनको नेत्तृत्वमा नेपालकै सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित, गणेश वान्तवा राई लगायतका मूर्तिकारहरू संलग्न छन् ।

जापानको कामिआमाकुसा शहरको एउटा विशाल पहरामा बुद्धको मूर्ति बनाइदैछ । यस्तो विशाल मूर्ति निर्माणको नेतृत्व गर्दैछन् मोरङ, उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी । मूर्ति बनाउने कार्यमा उनको नेत्तृत्वमा नेपालकै सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित, गणेश वान्तवा राई लगायतका मूर्तिकारहरू संलग्न छन् । सन् २०१६ को सेप्टेम्बरबाट शुरु भएको विशाल मूर्ति निर्माण अभियानमा दैनिक ८ घण्टाभन्दा बढी खट्दैछन् नेपाली मूर्तिकारहरू । ६० फिटको एउटा, ५० फिटका दुइटा र ३० फिटका ४ वटा बुद्धमूर्ति बनाउन बुद्धको जन्मदेश नेपालका कलाकारहरू खटिइरहेका छन् ।

यो मूर्ति संसारकै ठूलो बुद्ध मूर्ति हुने र विश्व सम्पदा सूचीमा पार्ने यसका प्रायोजक र जापानी सरकारको लक्ष्य रहेको मूर्ति निर्माणको नेतृत्वकर्ता मूर्तिकार मितेरीले बताए । यो विशाल मूर्ति निर्माणको परियोजना ५ वर्षभित्रमा सम्पन्न गर्ने बताइएको छ । अझ रोचक कुरा त यो सरकारी नभएर निजी व्यवसायी ओसिमा सिजुकीले निर्माण गरेको विशाल सांस्कृतिक तथा पर्यटकीय परियोजना हो । नेपालमा पनि यस्तै प्रकारको काम गर्ने चाहना रहेको मितेरी बताउँछन् ।

नयाँ दिल्लीमा गुञ्जिइन आनी
नयाँ दिल्लीः गायिका आनी छोइङ डोल्मा आफ्ना चर्चित गीतका साथ भारतको राजधानी नयाँदिल्लीमा सोमबार गुञ्जिएकी छन्। उनले संगीतकार न्ह्यु वज्राचार्यका साथमा उनले आफ्ना चलेका नम्बर प्रस्तुत गरिन्। साताव्यापी एकल प्रस्तुतिका लागि उनी दिल्ली आइपुगेकी हुन्। उनी मुम्बईबाट आइतबार दिल्ली पुगेकी हुन्।

‘दि वुमन’ नामक सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा उनले सांगीतिक प्रस्तुति दिएकी हुन्। यसअघि मुम्बईको जे मेरियट होटलमा पनि उनले सांगीतिक प्रस्तुति दिएकी थिइन्।

दिल्लीको प्रस्तुतिको प्रचार गर्न दिल्लीका चोकचोकमा आनीको तस्बिरसहितका होडिङबोर्ड र तस्बिर टाँगिएका थिए। आनीले विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा आफू सहभागी भएको बताइन्। यसअघि उनी ‘दी इकोनोमिक टाइम्स’ ले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएकी थिइन्।

उनी दिल्लीमा आयोजना हुने महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रियामा सहभागी हुँदैछिन्। उक्त कार्यक्रममा एसिड आक्रमणबाट बचेकी लक्ष्मी पनि सहभागी हुँदैछिन्। बलिउडका प्रसिद्ध चलचित्र निर्देशक मेघना गुल्जारले लक्ष्मीको जीवनीमा ‘छपक’ नामक चलचित्र समेत निर्माण गरिरहेका छन्। निर्माणाधीन उक्त चलचित्रमा दीपिका पादुकोणले लक्ष्मीको भूमिका निर्वाह गरिरहेकी छन्।

आफ्नो कार्यक्रम सकाएर आनी बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?