राजकुमार ह्यारीले गुरुङलाई विवाहको निम्तो पठाएपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
३० पटक हेरिएको
Shares
राजकुमार ह्यारीले गुरुङलाई विवाहको निम्तो पठाएपछि…

सारांश

  • काठमाडौं, ४ जेठ – ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिक अनिल गुरुङको घरमा झन्डै दुई साताअघि एउटा निम्तो आइपुग्यो।
  • त्यो साधारण निम्तो थिएन।
  • बिबिसी नेपाली न्युजमा भगीरथ योगीले लेखेका छन्, त्यो संसारभरिका सञ्चारमाध्यमले चर्चा गरिराखेको र सर्वसाधारणको ध्यानाकृष्ट भएको ब्रिटिश राजकुमार ह्यारी तथा उनकी प्रेमिका मेगन मार्कलबीच शनिवार हुने भव्य विवाह समारोहको निम्तो थियो।

काठमाडौं, ४ जेठ – ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिक अनिल गुरुङको घरमा झन्डै दुई साताअघि एउटा निम्तो आइपुग्यो। त्यो साधारण निम्तो थिएन।

बिबिसी नेपाली न्युजमा भगीरथ योगीले लेखेका छन्, त्यो संसारभरिका सञ्चारमाध्यमले चर्चा गरिराखेको र सर्वसाधारणको ध्यानाकृष्ट भएको ब्रिटिश राजकुमार ह्यारी तथा उनकी प्रेमिका मेगन मार्कलबीच शनिवार हुने भव्य विवाह समारोहको निम्तो थियो।

निम्तो
आफ्नो परिवारसहित हाल ब्रिटेनको मेडस्टोनमा बस्ने ३० वर्षीय अनिललाई स्थानीय मेडस्टोन काउन्सिलमार्फत् उक्त निम्तो आएको थियो। अफगानिस्तान खटिएका बेला एउटा विस्फोटमा परी उनले दाहिने खुट्टा गुमाएका थिए।
‘निम्तो पाउँदा मलाई निकै खुसी लाग्यो, गर्व पनि लाग्यो,’ बीबीसीसँग कुरा गर्दै अनिलले भने।
शाही विवाहको निम्तो मान्न अनिल र उनकी श्रीमती बबिना जाँदैछन्।

कस्तो पोसाक लगाउने भन्नेबारे गुरुङ दम्पतिबीच शुक्रवार दिउँसोसम्म छलफल हुँदै थियो।
‘हामीलाई निम्तो आएको छ भन्ने थाहा पाएर साथीहरूले बधाई दिए। सबै जना खुसी छन्। सबैले राम्रो मानेका छन्,’ बबिनाले भनिन्।

पाँच वर्ष अघि सेनाबाट सेवानिवृत्त भएका अनिल अहिले ऐल्सफोर्डस्थित रोयल ब्रिटिश लिजन इन्डस्ट्री अन्तर्गतको एक कंपनीमा काम गर्छन्।

रोजगारी
कल्याणकारी संस्थाको रूपमा दर्ता रहेको सो संस्थाले सेनामा काम गर्दा घाइते भएका भूतपूर्व सैनिकहरू लगायत अरू सर्वसाधारणलाई पनि रोजगारी दिएको छ। सन् २००९ मा अफगानिस्तानको हेल्मन्ड प्रान्तमा खटिएका बेला अनिल गम्भीर घाइते भएका थिए।

बिबिसी नेपाली सेवाबाट

राजकुमार ह्यारी र मेगनबीच आज विवाह हुँदैछ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Samita Kc

    Ramro vayecha

    Comment Author

    Chiranjivee Rijal

    Pahichan jhalkine gari….lagaayera jaau hau gurung

    Comment Author

    Peace Nepal

    नेपाली dress lagayera Gaye राम्रो होला

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?