रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
३२ पटक हेरिएको
Shares
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक

सारांश

  • काठमाडौं ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोली ‘अश्लिल स्टाटस’ राखिएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ ।
  • चितवन प्रहरीले नक्कली फेसबुक एकाउन्ट खोली अश्लिल स्टाटस र फोटो पोष्ट गर्ने कार्यमा संलग्नमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोली ‘अश्लिल स्टाटस’ राखिएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ ।

चितवन प्रहरीले नक्कली फेसबुक एकाउन्ट खोली अश्लिल स्टाटस र फोटो पोष्ट गर्ने कार्यमा संलग्नमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले खोलिएको नक्कली अकाउन्टबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतबाट अनुसन्धान भइरहेको एसपी मल्लले बताए ।

घटनामा संलग्न जो कोही भएपनि कानुनी दायरमा ल्याउने एसपी मल्लले जनाए ।

पत्रकार शालिकराम पुडासैनी गत २० साउनमा नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मर्नुअघि खिचेको भिडियोमा शालिकरामले टेलिभिजनकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले मर्न बाध्य पारेका उल्लेख गरेका थिए ।

रविसहित तीनै जनालाई साउन ३० गते प्रहरीले अनुसन्धानको लागि भन्दै पक्राउ गर्यो । सोही दिन राती नै उनीहरुलाई चितवन लगियो ।

रवि लामिछाने पक्राउ परेसँगै रविका फ्यानहरुले एसपी मल्लविरुद्ध नाराबाजी लगाउँदै राजीनामाको माग समेत गरेका थिए । सो समयमा विभिन्न व्यक्तिहरुसँग नाम जोड्दै सामाजिक सञ्जालमा एसपी मल्लको आलोचना पनि भएको थियो ।

लगत्तै रवि लामिछाने पक्राउ परेको भोलिपल्ट अर्थात साउन ३१ (अगस्ट १६) मा एसपी मल्लको नाममा उक्त फेसबुक आईडी खोलिएको बताइएको छ । जसबाट मल्लको चरित्र हत्या हुनेगरी विभिन्न फोटो र स्टाटसहरु हालिएका हुन् ।

(yellowtail.tech)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा
अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा
नयाँ प्रधानमन्त्री चयन : के छ संवैधानिक व्यवस्था ?
नयाँ प्रधानमन्त्री चयन : के छ संवैधानिक व्यवस्था ?
स्याङजामा उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम आक्रमण
स्याङजामा उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम आक्रमण
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी एनएसएलको फाइनलमा
पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी एनएसएलको फाइनलमा
आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार छु : नवराज सिलवाल
आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार छु : नवराज सिलवाल
देउवाको कार्यशैली र गिरोहवादबाट पार्टी चल्न सक्दैन : केसी
देउवाको कार्यशैली र गिरोहवादबाट पार्टी चल्न सक्दैन : केसी
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
प्रत्यक्षदर्शीले भने, ‘हेर्दाहेर्दै यसरी जहाज खरानी भयो’
प्रत्यक्षदर्शीले भने, ‘हेर्दाहेर्दै यसरी जहाज खरानी भयो’

तपाईंले छुटाउनुभयो कि?