धनुषामा गोली चल्यो, एक घाईते, सुनसहित पैसा लुटपाट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • धनुषा,  २५ साउन।
  •  धनुषामा लुटेरा समूहले गोली चलाएको छ ।
  • गएराति करीब १० १२ जनाको समूहमा आएका लुटेरा समूहले गोली प्रहार गर्दा मिथिला नगरपालिका–८ जमुनिवास चोक बस्ने ३८ वर्षीय पुष्पलाल श्रेष्ठ घाइते भएका छन् ।

धनुषा,  २५ साउन। धनुषामा लुटेरा समूहले गोली चलाएको छ । गएराति करीब १० १२ जनाको समूहमा आएका लुटेरा समूहले गोली प्रहार गर्दा मिथिला नगरपालिका–८ जमुनिवास चोक बस्ने ३८ वर्षीय पुष्पलाल श्रेष्ठ घाइते भएका छन् ।

उनको घरमा लुटेराहरुले लुटपाट गर्न खोजेपछि श्रेष्ठले प्रतिकार गर्दा उक्त समूहले गोली प्रहार गरी घाइते भएका थिए । मंगलसुत्र र ब्रासलेट गरी साढे ६ तोला सुन, १५ तोला चाँदी र नगद २ लाख ५० हजार रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।

घाइते श्रेष्ठलाई जनकपुर अंचल अस्पतालबाट थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?