भारतद्वारा वेष्ट इण्डिजविरुद्धको टी–२० सिरिज ‘क्लीन स्वीप’

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २२, २०७६
|
|
१९ पटक हेरिएको
Shares
भारतद्वारा वेष्ट इण्डिजविरुद्धको टी–२० सिरिज ‘क्लीन स्वीप’

सारांश

  • एजेन्सी ।
  • वेस्ट इण्डिजथ विरुद्धको टी–२० सिरिज भारतले क्लीन स्वीप गरेको छ।
  • मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा भारतले वेष्ट इण्डिजलाई ७ विकेटले हराउँदै सिरिज कब्जा गरेको हो ।

एजेन्सी । वेस्ट इण्डिजथ विरुद्धको टी–२० सिरिज भारतले क्लीन स्वीप गरेको छ। मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा भारतले वेष्ट इण्डिजलाई ७ विकेटले हराउँदै सिरिज कब्जा गरेको हो ।

गुयानामा भएको खेलमा १४७ रनको लक्ष्य पाएको भारतले १९.१ ओभरमै मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो। भारतको जितमा ब्याटिङ तर्फ रिषभ पन्त तथा बलिङ तर्फ दिपक चहर हिरो भए। विकेटकिपर ब्याट्सम्यान रिषभ पन्तले उत्कृष्ट ब्याटिङ गरेर ६५ रन बनाए। उनले ४२ बलमा ४ चौका र ४ छक्का लगाएर नटआउट रहे।

यस्तै कप्तान विराट कोहलीले ५९ रन बनाए। उनी ४५ बल खेलेर आउट भएका थिए। यसैगरि ओपनर के एल राहुलले २० रन बनाउँदा अर्का ओपनर शिखर धवन ३ रनमा आउट भए। वेस्ट इण्डिजका ओसेन थोमसले २ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यारेबियन टोलीले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो। पहिलो पावरप्ले नसकिँदै २ विकेट गुमाएको इण्डिजलाई काइरन पोलार्डले सम्हालेका थिए। उनले ४५ बलमा ५८ रन बनाएर टिमलाई सम्मानजनक स्कोरमा पुर्‍याए। यसैगरि रोमन पवेलले ३२ रन बनाउँदा निकोलस पुरन १७ रनमा आउट भए।

भारतका दिपक चहरले शानदार बलिङ गरेर वेस्ट इण्डिजको टोलीलाई धराशायी पारे। उनले ३ ओभर बलिङ गरेर मात्र ४ रन खर्चिएर ३ विकेट लिए। यसैगरि नवदिप सैनीले २ विकेट लिए। हिजोको खेलमा डेब्यु गरेका राहुल चहरले पनि १ विकेट लिए।

उक्त जितसँगै वेस्ट इण्डिवसँगको ३ खेलको टी–२० सिरिजमा तीनओटै खेलमा जित निकालेको छ। भारतले पहिलो खेलमा इण्डिजलाई ४ विकेटले पराजित गरको थियो भने दोस्रो खेलमा डीएल मेथडको आधारमा २२ रनले पराजित गरको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?