मेयरमा कांग्रेसको जित ;; नवलपरासी
सारांश
- ४ जेठ, काठमाडौं ।
- नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयरमा कांग्रेसका चन्द्रबहादुर राना विजयी भएका छन् ।
- उनले १०,१९६ मत ल्याए ।
४ जेठ, काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयरमा कांग्रेसका चन्द्रबहादुर राना विजयी भएका छन् । उनले १०,१९६ मत ल्याए ।
रानाका निकटतम् प्रतिद्वन्द्वी एमालेका भिमलाल अधिकारीले १०,०६५ मत पाएका छन् । रानाले ९ सय ६१ मतान्तरमा मेयरको दावेदारीमा बाजी मारे ।
उपमेयरमा पनि कांग्रेसकै ओमकुमारी महतोले जति हात पारिन् । उनले १०,८३५ मत ल्याउँदा एमालेकी जोगमाया महतोले १०,०३३ मत पाइन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया