काङ्रेसको नारा एउटा,पारा अर्कै -किरण पौडेल
सारांश
- नेपाली काङ्रेसले आफ्ना हरेक प्रचार सामाग्री मा ३ वटा त्यस्ता शब्दहरु राखेर आम जनता माझ भ्रम छर्ने प्रयास गर्दैछ कि जुन शब्दहरुलाई आफ्नो पार्टीसँग जोडेर जनतामाझ जान काङ्रेसकै कार्यकर्ता पंक्तीलाई समेत नैतिक संकट परेको देखिन्छ ।
- ब्यानर ,टिशर्ट,टोपी सबै तिर राष्ट्रियता प्रजातन्त्र र समाजबाद लेख्ने नेपाली कांग्रेश संग जनतामाझ यी शब्दहरुका बारेमा दुई शब्द राख्ने आंट पनि छैन आधार पनि छैन ।
- यसै बाट प्रस्ट हुन्छ कि काङ्रेसको नारा एकातिर पारा अर्कै ।
नेपाली काङ्रेसले आफ्ना हरेक प्रचार सामाग्री मा ३ वटा त्यस्ता शब्दहरु राखेर आम जनता माझ भ्रम छर्ने प्रयास गर्दैछ कि जुन शब्दहरुलाई आफ्नो पार्टीसँग जोडेर जनतामाझ जान काङ्रेसकै कार्यकर्ता पंक्तीलाई समेत नैतिक संकट परेको देखिन्छ । ब्यानर ,टिशर्ट,टोपी सबै तिर राष्ट्रियता प्रजातन्त्र र समाजबाद लेख्ने नेपाली कांग्रेश संग जनतामाझ यी शब्दहरुका बारेमा दुई शब्द राख्ने आंट पनि छैन आधार पनि छैन । यसै बाट प्रस्ट हुन्छ कि काङ्रेसको नारा एकातिर पारा अर्कै । राष्ट्रियता भन्ने शब्द लाई नेपाली काङ्रेसले आफ्नो नारा बनाईरहदा यो देशको राष्ट्रियताप्रती सबै भन्दा बढी प्रहार र खतरा कतै बाट छ भने त्यो भारत बाटै छ भन्ने कुरामा आमजनता प्रस्ट छन ।अनी यो देशको शासन सत्तामा टिकिरहन र आफ्नो राजनीतिक साख जोगाउनका लागि भारतसँग जस्तो सुकै सम्झौता गर्न काङ्रेस तम्तयार हुन्छ । दुई छिमेकी राष्ट्र सँग आत्मसम्मान सहितको सन्तुलित कुटनितिक सम्बन्ध स्थापित गर्नु तर्फ ध्यान र चासो छैन तर कांग्रेशी पररास्ट्र मन्त्री प्रकाश शरण महत ६ महिना मा ६ पटक भारत भ्रमण जान्छन मानौ कि महिनावारी तलब नै उतै बुझ्न जान्छन । तर चाइना सँग भएका पराबहन तथा ब्यापारिक सम्झौताको कार्यन्वयन गर्दै देश र जनतालाई सम्ब्रिद्ध बनाउन तर्फ उस्को कुनै दिल्चस्पी छैन । किनकी उ पुरै भारतीय र अन्य अरास्ट्रिय तत्वहरुको डिजाईन र संरक्षणमा छ ।
१६० भन्दा बढी ठाउँमा भएका सिमा अतिक्रमण बारे काग्रेस सँग २ शब्द छैन ।टिकापुरमा २ वर्षका शिशुदेखी प्रहरी उच्च अधिक्रितलाई ज्युदै जलाइन्छ ,कुनै प्रत्रीकृया छैन । चाड पर्बको मुखमा भारतीय नाकाबन्दीले जनजिबन अस्तब्यस्त छ ,दैनिक उपभोग्य ,ईन्धन ,औशधीको अभाबले हाहाकार मच्चिएको छ काङ्रेसले यो नाकाबन्दी हो भनेर बोल्न सक्दैन । आफ्नै पार्टिका जिम्मेवार सभासद अमरेश सिंहले देश टुक्राउने धम्की दिदा करबाही त परको कुरा दुई शब्द स्पष्टिकरण लिन सक्दैन । लोकप्रिय भनिने काङ्रेसी नेताहरु उल्टै ठुला कुरा गर्छन् कि भारत को बिरोध गर्ने नेपालीहरु भेडा हुन भनेर । नेपाली राजनीति मा नाङो हस्तक्षेप गर्दै सधैं अस्तिरता तर्फ देशलाई धकेलिरहेने भारत,नेपाली प्रकृतिक श्रोत साधनमाथि सधैंभरी आँखा गाडी रहनछ ,हाम्रो अर्थनिती ,बिदेशनिती हरेकमा हाबी हुन खोज्ने र उसको आँखाबाट विश्वले नेपाललाई हेर्नु पर्छ भन्दै लबी गर्ने भारत , यो देशको हित स्वाभिमान र राष्ट्रियता बिरुद्दका गतिबिधी गर्ने भारत अनी नेपाली जनताले भारतको नगरेर बङलादेश ,भुटान ,पाकिस्तान अनी अफगानिस्तान को बिरोध गर्नु पर्ने ?
अनी काङ्रेसीजनहरु !!सधैं भरी थिचोमिचो गरिरहने जो कोहीलाई पनि नेपाली जनता ले आक्रोश पोख्दा नेपाली जनतालाई भेडा भन्न मिल्ने हो भने सधैं भरी स्वदेशको भन्दा बिदेशकै शक्तीमा विश्वाश गरी उनिहरुकै आशिर्बादमा यो देशमा राज गर्न खोज्ने काङ्रेसलाई चाँही अन्य कुनै जनावर भन्न मिल्ने कि नमिल्ने ? यसकारण राष्ट्रियता को चुनाबी नारा दिनेपार्टीको राष्ट्रियता स्वदेशी राष्ट्रियता हो कि बिदेशी भन्ने कुरा आम युवाहरुले बुझ्नु जरुरी छ ।
अब उस्को दोश्रो शब्द प्रजातन्त्र को बिषयमा ,दुर दराज ग्रामीण बस्ती कहीं कतै मतदान केन्द्रबाट हतियार देखाई जनतालाई लखेटी बुथ कब्जा भएको समाचार आउछ अनी पढ्दै जांदा थाहा हुन्छ कि त्यो काम नेपाली काङ्रेस बाट भएको हुन्छ । प्रजातन्त्रका खोक्रा र चर्का चर्को कुरा गर्छ, बिपी को आदर्श नामक २ शब्द रट्छ अनी आफुलाई भोट नदियको निहुमा एउटी निर्दोश महिलालाई डोरीले बांधी-बांधी कुट्पिट गरिन्छ ,यहि हो कांग्रेशको प्रजातन्त्र ?निम्न गरीबीको रेखा मुनी रहेका जनताहरुको बस्तीमा,कमजोर चेतना स्तर रहेको बस्तीमा चुनावको मुखमा भेडा बाख्रा किन्बेच गरेझै बिवश जनमतको खरिद बिक्री हुन्छ । खुवाउन नहुने चिज खुवाउन,देखाउन नहुने बाटो देखाउन कही कुनै पार्टीहरु लागेका छन भने सबै भन्दा बढी नेपाली काङ्रेस नै यस्ता गतिबिधीहरुमा लागेको देखिन्छ ।आफु केही मतले अघी पर्दा अरुको कुनै कुराहरु नसुन्ने तर आफुले सोचे अनुसार मत आएन अथवा अन्य पार्टी ले केही मतले अग्रता लिए भने नेपाली काङ्रेस मतगणना प्रभाबित पार्ने र दुनियाँ सास्ती दिने काममा लाग्छ । भरतपुर काण्ड ताजै छ ,खुलमखुल्ला लोकतन्त्र को घाटी निमोठिएको छ । राज्यको स्वेच्चाछरी र अलोकतान्त्रिक कदमका कारण मुलुक सिङो मुलुककै शिर निहुरेको छ ,जनता चिन्तित छन ,प्रजातन्त्र प्रेमीहरु स्तब्द छन । तर सत्ता सांठगांठका लागि नेपाली कङ्रेस बिपी को आदर्श र लोकतन्त्रको मुर्छित आत्मालाई प्रचन्डको पाउमा लगेर दाहसन्स्कार दिन तयार हुन्छ । अनी उस्ले चुनाव जित्दा लोकतन्त्रले जित्ने नभय लोकतन्त्र हार्ने भन्दै केवल लोकतन्त्रलाई आफ्नो मागी खाने मन्त्रको रुप्मा जप्दै जनता झुक्याउदै हिड्छ । न्यायलय माथि आक्रमण हुन्छ काङ्रेस नै योजनाकार हुन्छ या मतियार । सुरक्षा निकाय वा अन्य सरकारी निकायमा आफ्नो भने अनुसार नहुँदा नाङ्गो राजनीतिक हस्तक्षेप गर्न तम्सिन्छ । सत्ता र शक्तीको, राज्यकोसको चरम दुरुपायोग गर्ने दल समेत भयकोले काङ्रेसको लोकतन्त्र,लोकलाई भुलाउने छलतन्त्र मात्र हो ।
अब कुरा काङ्रेसी समाजबाद्को, समाजबादी ब्यबस्थाको मुल आधार ,स्वाधिन राष्ट्रिय अर्थतन्त्रको निर्माण हो। अनी मुलुकको कुल ग्राहस्थ उत्पादन ब्रिद्धीकालागि उधोग धन्दाहरुको सोही अनुरुपको बिकास । तर तत्कालिन समाजबादी राष्ट्र सोभियत संघ र चिन सरकारको सहयोगमा निर्माण भएका १६ वटा भन्दा बढी ठुला उधोगहरु नेपाली काङ्रेसले कस्को सल्लाहमा र किन बेच्यो अनी कस्ता ब्यक्तीलाई कुन शर्तमा बेच्यो ? हरेक भाषणमा दैनिक बिदेश पलायन हुने युवाहरुको तथ्यान्क पेश गर्ने काङ्रेस युवानेताहरुले यो पनि भन्नुपर्योै कि कहिले देखी र कस्का कारण यो शंख्या बढ्यो ।
नेपाली अर्थनितिमा अधीकांश समय हाली मुहाली गरेको काङ्रेसै अर्थनितीले ग्रामीण भेगका खेतिकिसानीबाट गुजारा चलाईरहेका परिवारहरु आफुले उत्पादन गरेको तरकारीले भारतीय,आयातित कृषि उपजसँग प्रतिस्पर्धा गर्न नसकेपछी त्यही बाँकी जग्गा बेचेर छोरालाई मलेसिया र छोरीलाई ईजरायल पठाउन वाध्य कस्का कारण भय?
सक्दा सबैलाई नसक्दा प्राथमिक समुदाय बाट सुरुगर्दै लैजाने सामाजिक सुरक्षाको ग्यारेण्टी पनि समाजबाद्को अर्को महत्व पूर्ण आधार हो । तर एमालेले सामाजिक सुरक्षा भत्ताको कार्यक्रम ल्याउछ काङ्रेस त्यस्को बिरोध गर्न थाल्छ । पछाडि परेका समुदाय ,सुकुम्बासी ,उत्पीडित लक्षित कार्यक्रमहरु एमाले सरकारले अघी सार्छ ,काङ्रेस त्यस्को बिरोध गर्छ । यसर्थ काङ्रेसको समाजबाद भनेको देखाउने बोक्रा मात्र हो । उस्को चरित्र र व्यबहार बाट त्यो कुरा कहिल्यै सम्भब छैन ।
प्रजातन्त्र प्राप्ती पश्चातकोको २६ बर्षको अवधीमा नेपाली कङ्रेसको नेत्रित्वमा मात्र १५ बर्ष भन्दा बढी राज्यसत्ता सन्चालन भयो । २६ बर्ष अघी प्रजातन्त्र बाहाली भयका धेरै देशहरु कांहा पुगिसके ,भुटाननै आज कांहा पुगिसक्यो तर हामी कंहा छौ , यो अवधीमा बढेको भष्टचार ,ढिलासुस्ती ,गरिबी ,बेरोजगारी एस्को दोश काङेसले लिनु पर्दैन ? माओवादी युद्दका कारण भनेर जवाफ दिने केही काङ्रेसजनहरु कस्को नेत्रित्व थियो यो देशमा ? माओबादीलाई आतंककारी भन्ने को थियो ? प्रचण्ड कम्रेड र बाबुराम कम्रेडको टाउकोको मोल तोक्नु सही थियो भने आज त्यही माओवादी सँग लम्पसार परेर आफ्नो राजनीति जोगाउनु काङ्रेसको कुन राजनीतिक र बैचारिक आधार हो ? त्यसैले काङ्रेश बिचार र एजेण्डहिन पार्टी हो र अहिले उस्ले बोक्दै हिंडेका नाराहरु सबै खोक्रा हुन । १६ वर्षे काङ्रेससी शासनकालमा मुलुकको दिगो बिकासमा आधारित कार्यक्रम र परीयोजना कुनै अघी बढेन , बिकास निर्माणका सबालमा ,सामाजिक सुरक्षा र समाजबाद उन्मुख कार्यक्रमहरु कहिल्यै उस्को प्राथमिकतामा परेनन,बरु उल्टै बिश्वभुमन्डलीकरण,प्राबिधीको आबिस्कार र खुला बजार अनी एउटा स्वत: बिकसित दुरसंचार र इण्टरनेट जस्ता चिजहरुको बिकास भएको छ भनेर आफ्नो लाज छोप्न काङ्रेसै नेताहरु झुटो र हावादारी कुरा गर्छन् । अनी एमालेले अघी सारेका निती कार्यक्रम को बिरोध गर्नु बाहेक उसँग आफ्ना मुद्दाहरु केही छैनन,त्यसैले मुद्दा नभयपछी मुद्रा बोकेर चुनाबी मैदानमा आउँदैछन यस्को सशक्त प्रतिरोध गर्नुपर्छ। नेपाली काङ्रेस बर्तमानको,भबिश्यको कुरा नगर्ने, केवल पहिले स्थापना भएको पार्टी हुनुको दम्भ राख्दै केवल ईतिहासकै मात्र कुरा गर्न र जनता झुक्याउन चाहन्छ भने हामी पनि यस्लाई बर्तमान र भबिश्य को हैन ईतिहासमै सिमित पार्टी बनाइदिनका लागि लाग्दिनु पर्ने हुन्छ l
(युवा संघ नेपालका माहासचिब किरण पौडेलले नवलपरासीमा आयोजित चुनाबी सभालाई गरेको सम्बोधनको सम्पादित अंश )
प्रतिक्रिया