वामदेव निवास भैँसेपाटीमा एमाले स्थायी कमिटीको बैठक सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
वामदेव निवास भैँसेपाटीमा एमाले स्थायी कमिटीको बैठक सुरु

सारांश

  • काठमाडौँ, ७ पुस ।
  • नेकपा (एमाले) स्थायी कमिटीको बैठक सुरु भएको छ ।
  • बैठक उपाध्यक्ष वामदेव बसेको छ ।

काठमाडौँ, ७ पुस । नेकपा (एमाले) स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक उपाध्यक्ष वामदेव बसेको छ ।

निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगायत विषयमा बैठकमा छलफल हुने एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताबारे सहमति गरिएको निर्णय सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?