बुटवलको एक होटलमा किशोरी मृत फेला, सँगै होटल पुगेका युवक फरार

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २६, २०७९
|
|
२२ पटक हेरिएको
Shares
बुटवलको एक होटलमा किशोरी  मृत फेला, सँगै होटल पुगेका युवक फरार

सारांश

  • बुटवलको एक होटलमा बास बस्न गएकी एक किशोरी होटलमै मृत फेला परेकी छन् ।
  • उनीसँगै गएका युवक भने सोही दिन राती नै होटलबाट निस्केर हिँडेको होटल सञ्चालकले जानकारी दिएका छन् ।
  • प्रहरीका अनुसार बुटवल उपमहानरपालिका–३ मा रहेको पाल्पाली होटलको कोठामा सोही नगरपालिका -२ की १६ वर्षीया समीक्षा गुरुङ मृत फेला परेकी हुन् ।

बुटवलको एक होटलमा बास बस्न गएकी एक किशोरी होटलमै मृत फेला परेकी छन् । उनीसँगै गएका युवक भने सोही दिन राती नै होटलबाट निस्केर हिँडेको होटल सञ्चालकले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बुटवल उपमहानरपालिका–३ मा रहेको पाल्पाली होटलको कोठामा सोही नगरपालिका -२ की १६ वर्षीया समीक्षा गुरुङ मृत फेला परेकी हुन् । एक युवकको साथ समीक्षा शुक्रबार राती करिव साढे १० बजे त्यस होटलमा पुगेको बताइन्छ ।

युवक राती नै खाना खाएको बिल तिरेर निस्किएको होटलवालाले प्रहरीलाई बताएका थिए । शनिबार दिउँसो उक्त होटलको कोठामा झुण्डिएको अवस्थामा मृत्यु भएको खबर पाएपछि प्रहरी घटना स्थलमा पुगेर मृतकको सनाखत गरेको थियो । बेपत्ता युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?