विराटनगरलाई भ्रष्टाचार र गुण्डागर्दीमुक्त शहर बनाउने सपना

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
२० पटक हेरिएको
Shares
विराटनगरलाई भ्रष्टाचार र गुण्डागर्दीमुक्त शहर बनाउने सपना

सारांश

  • २५ असार, विराटनगर ।
  • चार पार्टीका दुई अलग-अलग गठबन्धनलाई पराजित गर्दै विराटनगर महानरपालिकाको मेयर जितेर भीम पराजुलीले स्थानीय तहमा एमालेसँग पराजय भोगिरहेको कांग्रेसको घाउमा थोरै भनेपनि मल्हम लगाइदिए ।
  • ‘लो-प्रोफाइल’का नेता पराजुली दोस्रो चरणको एकमात्र महानगरपालिकाको ‘हाइ-प्रोफाइल’ मेयर बन्न सफल भए ।

२५ असार, विराटनगर । चार पार्टीका दुई अलग-अलग गठबन्धनलाई पराजित गर्दै विराटनगर महानरपालिकाको मेयर जितेर भीम पराजुलीले स्थानीय तहमा एमालेसँग पराजय भोगिरहेको कांग्रेसको घाउमा थोरै भनेपनि मल्हम लगाइदिए । ‘लो-प्रोफाइल’का नेता पराजुली दोस्रो चरणको एकमात्र महानगरपालिकाको ‘हाइ-प्रोफाइल’ मेयर बन्न सफल भए ।

नेकपा एमाले र फोरम लोकतान्त्रिक एवम् संघीय समाजवादी फोरम र माओवादी केन्द्रलाई पछि पार्दै चुनावी मैदानमा उत्रिएका पराजुलीको लागि अब विराटनगरको विकास मुख्य चुनौति हो । कांग्रेसको उर्बरभूमी मानिने विराटनगरमा पराजुलीको जित धेरै अर्थमा महत्वपूर्ण छ ।

कांग्रेसका नगर सभापति रहेका पराजुली हकी र निडर नेताको रुपमा चिनिन्छन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका ४४ वर्षीय पराजुली विराटनगर-३ पोखरिया निवासी हुन् । निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका पराजुली महेन्द्र मोरङ क्याम्पसको स्ववियुको नेतृत्व लिँदै कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् ।

विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै पराजुलीले एक सय दिन भित्र बिराटनगरवासीले प्रत्यक्ष रुपमा अनुभव हुने गरी विकासको कामलाई बाँडफाँट गरी योजना बनाएको बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा नवनिर्वाचित मेयर पराजुलीले सबैभन्दा पहिला बिराटनगरमा बिकराल बनेको सडक संरचनालाई चाँडो भन्दा चाँडो व्यवस्थित गर्ने आफ्नो योजना सुनाए ।

उनले भने, ‘एक सय दिन भित्रै नगरवासीले विराटनगरको अस्तव्यस्त सडकको कारण जुन समस्या व्यहोर्न वाध्य हुनु भएको छ त्यो अवस्थाबाट आंशिक रुपमा भएपनि नगरवासीलाई राहत महसुस हुने गरी काम गर्ने मेरो पहिलो योजना हुनेछ ।’

पराजुलीले पाँच वर्षको काफ्नो कार्यकालमा विराटनगरको समग्र विकासका लागि सामान्य खालका र बहुवर्षिय योजना बनाएर व्यवस्थितरुपमा काम गर्ने योजना रहेको बताए । उनले नगरभित्र रहेका अल्पसंख्यक जाति गरीवीका रेखा मुनि रहेका नागरिकलाई सहकारीको माध्यमवाट सहुलियत ऋण प्रदान गर्ने योजना पनि उनले सुनाए ।

मेयर पराजुलीले चुनावी एजेण्डामा प्रतिवद्धता गरेअनुरुप बिराटनगर महानगरपालिकालाई प्रदेश नम्बर १ को प्ा्रादेशिक राजधानी बनाएर आर्थिक र औद्योगिक केन्द्रका रुपमा विकास अघि बढाउन ध्यान केन्द्रित गर्ने पनि उनले बताए ।

इटहरी उपमहानगरपालिकाका एमालेबाट निर्वाचित मेयर द्वारिकलाल चौधरीले प्रदेशको राजधानी इटहरी बनाउने भने लगत्तै पराजुलीले विराटनगरलाई प्रदेशको राजधानी बनाउने बताएका हुन् ।

स्थानीय तहको दोश्रो चरणको चुनावी एजेण्डामा प्रादेशिक राजधानीपछि कांग्रेसले ‘हाम्रो र राम्रो बिराटनगर’ निर्माणकालागि धुँवाधूलो र हिलोमुक्त सहर बनाउने उल्लेख गरेको थियो ।

भ्रष्टाचार र गुण्डागर्दी मुक्त महानगर

धर्मकर्ममा निकै लगाव राख्ने नेताको रुपमा चिनिएका पराजुलीले महानगरपालिकालाई भ्रष्टाचार र गुण्डागर्दी मुक्त बनाउने योजना अघि सारेका छन् । उनले त्यसको अन्त्यको रणनीति भने बनाएका छैनन् ।

बिराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्ने र कोसी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालमा रुपान्तरण गरेर एकेडेमिक कार्यक्रम सुरुआत गर्ने पनि बताएका छन् । बैजनाथपुर रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने, विराट राजाको दरबारलाई विश्व सम्पदा सूचीमा राखी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने पराजुलीका एजेण्डा हुन् ।

पराजुलीले भने, ‘राजनीतिक र औद्योगिक नगर विराटनगरको साख फिर्ता गराउने गरी म काम गर्ने छु । त्यसका लागि विकासलाई पहिलो प्राथमिकता दिने छु ।’

पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी बिराटनगरको मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत पाए । संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस-एमालेबीच के के विषयमा भयो सहमति ?
कांग्रेस-एमालेबीच के के विषयमा भयो सहमति ?
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
विश्वभर कोरोना संक्रमितको संख्या सात करोड ४५ लाख नाघ्यो
आयरल्याण्डसँग नेपाल पराजित
आयरल्याण्डसँग नेपाल पराजित
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव
ओलीद्वारा प्रचण्डलाई दौडाएको दौडायै
राष्ट्रिय परिचयपत्र: विवरण संकलनका लागि घरदैलो
राष्ट्रिय परिचयपत्र: विवरण संकलनका लागि घरदैलो
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
रेशम चौधरीको मुद्दामा सुनुवाई हुँदै
रेशम चौधरीको मुद्दामा सुनुवाई हुँदै
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना

तपाईंले छुटाउनुभयो कि?