सुनको मूल्यमा सामान्य गिरावट

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
४६ पटक हेरिएको
Shares
सुनको मूल्यमा सामान्य गिरावट

सारांश

  • काठमाडौँ २८ फागुन ।
  • निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा गिरावट आएको छ ।
  • सुनको मूल्य बुधबार प्रतितोला ४०० रुपैयाँले घटेर प्रतितोला ८२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ २८ फागुन । निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य बुधबार प्रतितोला ४०० रुपैयाँले घटेर प्रतितोला ८२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

निरन्तर नयाँ रेकर्ड बनाउदै गएको सुनको मूल्य बुधबार भने सामान्य दरमा घटेको हो। अघिल्लो दिन मंगलबार छापावाला सुन हालसम्मकै उच्च मूल्य ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तैगरि, तेजाबी सुन पनि तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ८२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ। त्यसैगरी, चाँदीको मूल्य स्थीर रहेको छ। चाँदी अघिल्लोे दिनकै मूल्य ८८० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?