मनोहरा नदी पनि यी व्यक्तिका नाममा दर्ता भेटियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
मनोहरा नदी पनि यी व्यक्तिका नाममा दर्ता भेटियो

सारांश

  • काठमाडौं ।
  • भूमाफियाले सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गराएको पाइएको छ ।
  • करिब ३५ वर्षअघि नदीले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिका नाममा कायम गरेको भेटिएको हो ।

काठमाडौं । भूमाफियाले सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गराएको पाइएको छ । करिब ३५ वर्षअघि नदीले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिका नाममा कायम गरेको भेटिएको हो ।

ल्यान्ड पुलिङ गरी घडेरी बिक्री गर्दै आइरहेको मनोहरा जग्गा एकीकरण आयोजना कार्यालयले ल्यान्ड पुलिङका लागि पहल गर्दा अचानक यो तथ्य खुलेको हो ।

२०२१ को नापीअनुसार नदी भएका ठाउँमा अहिले व्यक्तिको जग्गा देखिन्छ । नक्सामा अहिले पनि जग्गा भएकै ठाउँमा नदी छ तर फिल्डमा भने बहाव परिवर्तन गरेका कारण नदी अरूकै जग्गामा छ । ‘ल्यान्ड पुलिङका लागि तयार हुँदा हामीलाई थाहा भयो,’ आयोजनाका प्रमुख इन्द्रमान सिंहले भने, ‘नदी अहिले व्यक्तिका जग्गामा बगिरहेको छ भने नदीको वास्तविक ठाउँ अरूले नै कब्जा गरेका छन् ।’

२०३० तिर नदीले बहाव परिवर्तन गरेपछि उक्त जग्गा भूमाफियाले आफ्ना नाममा लगेको भेटिएको आयोजनाले जनाएको छ । २०३७ असोज २६ गते ऊक्त जग्गा व्यत्तिका नाममा पास भएको मालपोतको रेकर्डमा देखिन्छ । साबिक दिव्येश्वरी ७ ख को कित्ता नम्बर २४५ को ५० रोपनी मनोहरा नदी हो । कित्ताकाट हुँदै जाँदा २५७ र पछि २५८ कायम भएको छ । त्यसपछि विभिन्न समयमा कित्ताकाट हुँदै २०५८ बाट २६३, २०६४ र २६५ कायम भएको छ । २६३ कित्ता काटिएर २६६ र २६७ कायम भएको आयोजनाले उपलब्ध गराएको कागजातबाट देखिन्छ । हाल ती कित्ताहरू श्यामजंग सिजापति, राजेन्द्रकुमार सिजापति, सुवर्णकुमार सिजापति र प्रेमजंग सिजापतिका नाममा छन् । २६६ कित्ता डण्डपाणि उपाध्यायको नाममा दर्ता छ ।

विभिन्न समयमा बेचबिखन हुँदै जाँदा २८३ नम्बर कित्ता तेजनसिं द्वारेलगायत दुई जना र २८४ नम्बर कित्ता पुरुषोत्तमप्रसाद पौडेलकानाममा रहेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?