नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २६, २०७६
|
|
३८ पटक हेरिएको
Shares
नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या

सारांश

  • नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् ।
  •  प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन् ।
  • प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् ।

नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन् ।

आव २०७५/७६ मा झुण्डिएर तीन हजार ८६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताउनुहुन्छ । मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उहाँको भनाइ छ ।

आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएको छ । आव २०७४र७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए ।

काठमाडौँ उपत्यकामा आव २०७५/७६ मा ५३९ ले आत्महत्या गरेका छन् । उपत्यकामा आव २०७४/०७५ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेका थिए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’
जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संविधानसभा पदकबाट सम्मानित
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संविधानसभा पदकबाट सम्मानित
राष्ट्रपति भेट्न दाहाल, खनाल र नेपाल शितलनिवासमा
राष्ट्रपति भेट्न दाहाल, खनाल र नेपाल शितलनिवासमा
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
आजको राशिफल
आजको राशिफल
केही प्रदेशमा भारी वर्षाको सम्भावना
पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु
पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु
गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग
गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’