पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
२१ पटक हेरिएको
Shares
पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु

सारांश

  • स्थानीय तहको निर्वाचनको तयारीका क्रममा पर्वतमा मतदाता विवरण अद्यावधिक गर्ने काम सुरु भएको छ ।
  • निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि निर्वाचन कार्यालयले आह्वान गरेसँगै शुक्रबारदेखि त्रुटि सच्याउन सुरु भएको छ ।
  • निर्वाचन आयोगको वेबसाइट वा आफ्नो वडा कार्यालयमा पुगेर मतदाता नामावलीको विवरण अध्ययन गरी अद्यावधिक गर्न कार्यालयले अनुरोध गरेको थियो ।

स्थानीय तहको निर्वाचनको तयारीका क्रममा पर्वतमा मतदाता विवरण अद्यावधिक गर्ने काम सुरु भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि निर्वाचन कार्यालयले आह्वान गरेसँगै शुक्रबारदेखि त्रुटि सच्याउन सुरु भएको छ । निर्वाचन आयोगको वेबसाइट वा आफ्नो वडा कार्यालयमा पुगेर मतदाता नामावलीको विवरण अध्ययन गरी अद्यावधिक गर्न कार्यालयले अनुरोध गरेको थियो ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले आयोगको वेबसाइटमा राखिएको विवरण प्रत्येक वडा कार्यालयमा प्रिन्ट गरेर पठाइएकाले आफ्नो विवरण हेरेर सच्याउनुपर्ने भएमा वडाको सिफारिससहित निर्वाचन कार्यालयमा आउन अनुरोध गरे । एक हप्ताको अवधिमा विवरण सच्याउन नआउनेले पछि विवरण सच्याउने मौका नपाउने उनको भनाइ थियो

राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागितामा निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक र कार्यालयको निर्वाचन लक्षित तयारीका बारेमा शुक्रबार एक कार्यक्रम गरेर जानकारी दिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा एक लाख २३ हजार १८५ मतदाताको विवरण सार्वजनिक भएको छ ।

वि.सं २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका व्यक्तिले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी शर्माले बताए । अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८८५ बढी मतदाता देखिन्छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले शुद्ध नामावली, स्वच्छ निर्वाचन भन्ने मूल मर्मलाई ख्याल गर्नुपर्ने बताए । निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा, सवारी साधनको व्यवस्थालगायत तयारी सुरु भइसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
चीनले   भारतलाई युद्धका लागि तयार रहन भनेपछि  भारत ससंकित ,बढ्दै युद्दको खतरा.
चीनले भारतलाई युद्धका लागि तयार रहन भनेपछि भारत ससंकित ,बढ्दै युद्दको खतरा.
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
आयल निगम जग्गा प्रकरणबारे छानबिन गर्न माग
आयल निगम जग्गा प्रकरणबारे छानबिन गर्न माग
पोखरा इञ्जिनियरिङ कलेजमा प्रर्दशनी
पोखरा इञ्जिनियरिङ कलेजमा प्रर्दशनी
चिया मजदुरको तलब दुई दिनभित्र दिन मन्त्री विष्टको निर्देशन
चिया मजदुरको तलब दुई दिनभित्र दिन मन्त्री विष्टको निर्देशन
शान्ति प्रक्रियाको शुरुवात विन्दु सिक्लेसमा पुगी यस्तो भने प्रचण्ड र सिटौला
शान्ति प्रक्रियाको शुरुवात विन्दु सिक्लेसमा पुगी यस्तो भने प्रचण्ड र सिटौला
सिन्धुपाल्चोक मा   ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो
सिन्धुपाल्चोक मा ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो
‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी अग्रसर
‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी अग्रसर

तपाईंले छुटाउनुभयो कि?