राष्ट्रिय अवार्ड पाएपछि स्वस्तिमाको अभिनय कमजोर
सारांश
- गत वर्ष प्रदर्शनमा आएको फिल्म “बुलबुल” ले नायिका स्वस्तिमा खड्कालाई सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबाट उत्कृष्ट अभिनेत्रीको नेशनल अवार्ड प्रदान गराएको थियो ।
- विनोद पौडेल निर्देशित फिल्ममा स्वस्तिमाले प्रमुख पात्रको भुमिका निभाएकी थिइन् ।
- फिल्म वैदेशिक रोजगारीमा गएका श्रीमानको प्रतिक्षामा बसेकी एक श्रीमतीले टेम्पो चलाएर कसरी रोगी ससुराको उपचार खर्च र एक छोरीको स्यारसुसार गर्छिन् भन्ने कुरामा आधारित छ ।
गत वर्ष प्रदर्शनमा आएको फिल्म “बुलबुल” ले नायिका स्वस्तिमा खड्कालाई सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबाट उत्कृष्ट अभिनेत्रीको नेशनल अवार्ड प्रदान गराएको थियो । विनोद पौडेल निर्देशित फिल्ममा स्वस्तिमाले प्रमुख पात्रको भुमिका निभाएकी थिइन् । फिल्म वैदेशिक रोजगारीमा गएका श्रीमानको प्रतिक्षामा बसेकी एक श्रीमतीले टेम्पो चलाएर कसरी रोगी ससुराको उपचार खर्च र एक छोरीको स्यारसुसार गर्छिन् भन्ने कुरामा आधारित छ ।
फिल्मले उठाएको विषयवस्तु, कलाकारको अभिनय र प्रस्तुतीको निकै तारिफ भएको थियो ।पछिल्लो समय स्वस्तिमाको नयाँ फिल्म “हजार जुनीसम्म” प्रदर्शनमा आएको थियो । तर, फिल्म उनको अभिनयले दर्शक र समीक्षक दुबैलाई निराश बनायो । दर्शकहरुमाझ निर्देशकले उनीबाट राम्रो काम निकाल्न नसकेको कि उनले नेशनल अवार्ड पाएपछि अभिनयमा हेलचेक्राई गरेकी हुन् ?
भन्ने प्रशनहरु उठेको छ ।यस्तै विभिन्न किसिमका टिका–टिप्पणी भएपछि २४ भदौं राजधानीमा आयोजित फिल्म “चपली हाइट ३” को घोषणा सभामा नायिका स्वस्तिमाले पत्रकारको प्रश्नको जवाफ दिँदै आफू फिल्म “हजार जुनीसम्म” मा केही कुरामा चुकेको स्वीकार गरेकी छिन् । तर, राष्ट्रिय अवार्ड पाउँदैमा राम्रो काम गर्नुपर्छ भन्ने आफूलाई नलाग्ने उनको तर्क छ । उनीले कलाकार भएको नाताले राम्रो काम गर्नु आफ्नो दायित्व रहेको जनाइन् । उनले नयाँ फिल्ममा आफ्नो तर्फबाट राम्रो काम गर्न कुनै कसर नछाड्ने दाबी गरेकी छिन् ।
स्वस्तिमाले स्क्रिप्ट राम्रो लागेको कारण एडल्ट फिल्मको ट्याग लागेको “चपली हाइट” को तेस्रो सिरिजमा प्रमुख भुमिका निभाउन राजी भएको जनाइन् । उनले “चपली हाइट ३” मा सेक्स कन्टेन्ट नभएको दाबी गरेकी छिन् । क्राइम थ्रिलर जनरामा बन्न लागेको उक्त फिल्म निकेश खड्काको निर्देशनमा तिहारपछि छायांकन सुरु हुँदैछ ।
प्रतिक्रिया