साफ च्याम्पियनसीप :शनिबार नेपालको अग्निपरीक्षा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
४० पटक हेरिएको
Shares
साफ च्याम्पियनसीप :शनिबार नेपालको अग्निपरीक्षा

सारांश

  • काठमाडौँ, २२ भदौ ।
  • साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।
  • समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो ।

काठमाडौँ, २२ भदौ । साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो ।जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । यसरी हेर्दा बङ्गलादेशविरुद्ध गोल गर्न निकै कठिन देखिन्छ । आज बिहान ढाकामा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शनिबार हुने बङ्गलादेश विरुद्धको खेल नेपालले जित्नै पर्ने बताएका छन् ।

कप्तान महर्जनले साफ च्याम्पियनसीप अन्तर्गत समूह चरणको तेस्रो खेल खेलाडीका लागि मात्र नभएर सम्पूर्ण नेपालीका लागि महत्वपूर्ण रहेको बताउनुभएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।बिहीबार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । समूहकै अर्को खेलमा आयोजक बङ्गलादेशले पाकिस्तानलाई १–० ले पराजित गरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नेपालकै खेलमा निर्भर रहनेछ ।दोस्रोचरणको खेल सकिँदा अङ्क तालिकामा बङ्गलादेश दुई खेलमा छ अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा पाकिस्तान दुई खेलमा तीन अङ्क लिएर बसेको छ । नेपालले दुई खेलमा एकमा हार र एकमा जित निकाल्दै तीन अङ्कसाथ समूहको तेस्रो स्थानमा छ । समूहको पुछारमा रहेको भुटानले दुई खेलमा कुनै अङ्क जोडेको छैन ।

भुटान समूह चरणबाटै बाहिरिसकेको छ । नेपाललाई सेमिफाइनलमा पुग्न पहिलो विकल्प बङ्गलादेश विरुद्ध स्पष्ट जीत हासिल गर्नु पर्नेछ । शनिबार पहिलो खेलमा पाकिस्तान र भुटानबीचको बिजेताले पनि नेपालको अघिल्लो चरणको यात्रा तय गर्नेछ ।भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बङ्गलादेशविरुद्ध बराबरी खेले मात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । यदि अर्को खेलमा पाकिस्तानले जीते नेपाललले बङ्गलादेशविरुद्ध जीत निकाल्नै पर्ने हुन्छ ।

यदि शनिबार हुने पहिलो खेलमा पाकिस्तानले भुटानलाई पराजित ग¥यो र नेपाल बङ्गादेशसँग हा¥यो भने पाकिस्तान र बङ्गलादेश सेमिफाइनल पुग्नेछन् । नेपाल समूह चरणबाटै घर फर्कनुपर्नेछ ।समग्रमा बङ्गलादेशलाई बराबरी अथवा जीतले अर्को चरणमा पुग्न सहज देखिन्छ । नेपालले पनि जीत दर्ता गरे अर्को चरण पुग्ने पक्का छ । बङ्गलादेशले घरेलु मैदानमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो जीत निकालिसकेको छ । अब समूहको अन्तिम खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?