बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच गम्भीर छलफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच गम्भीर छलफल

सारांश

  • काठमाडौँ ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पछिल्ला राजनीतिक घटनाका विषयमा गम्भीर छलफल गरेका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको छलफलमा नेताहरुबीच समसामयिक विषयमा गम्भीर छलफल भएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पछिल्ला राजनीतिक घटनाका विषयमा गम्भीर छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको छलफलमा नेताहरुबीच समसामयिक विषयमा गम्भीर छलफल भएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
काङ्ग्रेस सभापति देउवाको आग्रहमा बैठक भएको हो । समसामयिक विषयमा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको मन्त्री ढकालले हामीलाई जानकारी दिए ।झण्डै दुई घण्टा चलेको बैठकमा बाँके घटना, नागरिकता विधेयकलगायतका विषयमा छलफल भएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
 नेपाली काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात नेकपा कार्यकर्ताले भाँचेको भन्दै दोषीमाथि कारवाही हुनुपर्ने, नागरिकताको विधेयकमा संविधानका धारा ६ उल्लेखानुसार जानुपर्ने विषय उठान भएको शर्माले बताए।
नागरिकता विधेयकसँगै अरु विधेयक राष्ट्रिय सहमतिबाट टुङ्गो लगाउनुपर्ने र देशमा सुशासन कायम हुनुपर्ने काङ्ग्रेसले धारणा राखेको प्रवक्ता शर्माले बताए । बैठकमा नेपाली काङ्ग्रेसबाट सभापति देउवा र वरिष्ठ नेता पोडेलसँगै महामन्त्री शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत नेताहरु र नेकपाका दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र मन्त्री ढकाल सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
लोभ र डरबाट प्रभावित नभइ काम गर्ने नवनियुक्त कृषि मन्त्रीको प्रतिवद्धता
लोभ र डरबाट प्रभावित नभइ काम गर्ने नवनियुक्त कृषि मन्त्रीको प्रतिवद्धता
कान्तिपुरका सम्पादक हरिबहादुर थापाले पनि टुङ्ग्याए २६ वर्षे यात्रा
कान्तिपुरका सम्पादक हरिबहादुर थापाले पनि टुङ्ग्याए २६ वर्षे यात्रा
केकी अधिकारीलाई  कस्ले छुटाउन खोज्यो हेरौ
केकी अधिकारीलाई कस्ले छुटाउन खोज्यो हेरौ
एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिब पोखरेल
एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिब पोखरेल
भ्रष्टाचारविरुद्धको आन्दोलन माओवादीबाट मात्रै सम्भव छ : प्रधानमन्त्री
भ्रष्टाचारविरुद्धको आन्दोलन माओवादीबाट मात्रै सम्भव छ : प्रधानमन्त्री
वामदेवको मुद्दा उपर आज संवैधानिक इजलासमा दुईपक्षीय छलफल हुँदै
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
राेचक समाचार: १३ वर्षको उमेरमा बुवा बने भनेर मख्ख थिए, पछि थाहा भयो बुवा अर्कै रहेछन्!
राेचक समाचार: १३ वर्षको उमेरमा बुवा बने भनेर मख्ख थिए, पछि थाहा भयो बुवा अर्कै रहेछन्!

तपाईंले छुटाउनुभयो कि?