राेचक समाचार: १३ वर्षको उमेरमा बुवा बने भनेर मख्ख थिए, पछि थाहा भयो बुवा अर्कै रहेछन्!

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
राेचक समाचार: १३ वर्षको उमेरमा बुवा बने भनेर मख्ख थिए, पछि थाहा भयो बुवा अर्कै रहेछन्!

सारांश

  • लन्डन।
  • सन् २००९ मा बेलायतमा १३ वर्षीय बालक सबैभन्दा कम उमेरमा बाबु बनेकोे कुराले सारा बेलायतमा हंगामा भएको थियो।
  • उनकी १५ वर्षकी गर्लफ्रेण्डले बच्चा जन्माएकी थिइन।
लन्डन। सन् २००९ मा बेलायतमा १३ वर्षीय बालक सबैभन्दा कम उमेरमा बाबु बनेकोे कुराले सारा बेलायतमा हंगामा भएको थियो। उनकी १५ वर्षकी गर्लफ्रेण्डले बच्चा जन्माएकी थिइन। यो घटनामा बेलायतका प्रधानमन्त्रीले समेत बयान दिन परेको थियो। उनले त्यहाँका अरु सबै परिवारलाई सावधान गराएका थिए।   
इस्टबोर्न शहरमा बस्ने एल्फी स्कुलमा पढ्दै गरेको बेलामा उनको भेट १४ वर्षीया सेण्टलसँग भएको थियो। ती दुवै जना एकदमै नजिक भए। त्यसको परिणाम स्वरुप सेण्टलले मैसी नामकी छोरी जन्माइन। त्यो समय बेलायतका चर्चित पत्रिका ‘गार्जियन’ ‘द सन’ लगायतले एल्फिलाई सबै भन्दा कम उमेरको पिता घोषणा गरेका थिए। सारा दुनिया एल्फीलाई सबै भन्दा कम उमेरका पिता मानिरहेका थिए। तर केही वर्ष पछि डिएनए टेस्ट गर्दा उनी सेण्टलले जन्माएको बच्चीको बाबु नभएको थाहा भयो।
२००९ मा एल्फी र सेण्टलले एक स्वस्थ बच्ची जन्माएका थिए।  उनीहरु दुइ वर्षसम्मसँगै बसे तर एल्फीलाई आफू त्यो बच्चीको बाबु नभएको थाहा थिएन। यी दुई वर्षमा अरु दुई जना किशोरले आफूहरु त्यो बच्चीको बाबु भएको दाबी गरेका थिए। त्यसपछि एल्फीकी आमा निकोलाले उनीहरुको डीएनए टेस्ट गराइन्। 
एल्फी जसले दुई बर्षदेखि ती बच्चीलाई आफ्नो मानेका थिए। उनी ती बच्चीको बाबु नभएको टेस्टमा थाहा भयो। यो सबै कुरा थाहा भैसकेपछि सेंटल आफ्नी बच्चीलाई लिएर आफ्नो परिवारको घर गइन् र एल्फी पनि दुःखी हुँदै घर गए।  
एल्फीको रिपोर्ट नेगेटिभ आएपछि अर्काे टेलर बेकर नामक व्यक्तिको बारेमा थाहा भयो।  जो ती बच्ची जन्मिएको बेलामा १३ वर्षको थिए।  उनले सेण्टलसँग पहिलो पटक भर्जिनिटी  गुमाएको र त्यो नै जीवनको सबै भन्दा ठूलो गल्ती भएको बताए। 
सेण्टलको धेरै युवकसँग सम्बन्ध हुने गरेको टेलरले बताए। त्यस्तै अर्का एकजना १६ वर्षीय रिचर्ड गुडसेल नामक किशोरले पनि आफू ती बच्चीको बाबु भएको बताएका थिए।  परिवार र साथीहरुले पनि ती बच्चीका आँखा दुरुस्तै रिचर्डसँग मिल्ने बताए। 
चार वर्ष पहिला एल्फी १८ वर्ष पुगेका थिए।  उनले ‘द सन’ नामक अखबारलाई दिएको अन्तरवार्तामा सेण्टलसँग सम्बन्ध बनाउनु नै उनको ठूलो गल्ती भएको बताएका थिए।  यही कारणले उनले स्कुल छोड्न पर्याे र कँही काम गर्न पनि सकेनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै
हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै
ट्रेक्टरको ठक्करबाट मोटरसाइकलका चालकको मृत्यु
ट्रेक्टरको ठक्करबाट मोटरसाइकलका चालकको मृत्यु
तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी
तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी
निर्वाचन रोक्ने तागत कसैसँग पनि छैनः खनाल
निर्वाचन रोक्ने तागत कसैसँग पनि छैनः खनाल
नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर ।
नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर ।
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
भारतमा फेरि अर्को बाबा काण्ड, बाबाजीको अश्लिल भिडियो सार्वजनिक
भारतमा फेरि अर्को बाबा काण्ड, बाबाजीको अश्लिल भिडियो सार्वजनिक
‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ सम्पन्न
‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ सम्पन्न
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : कांग्रेस

तपाईंले छुटाउनुभयो कि?