वामदेवको मुद्दा उपर आज संवैधानिक इजलासमा दुईपक्षीय छलफल हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १४, २०७७
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, असोज १४ ।
  • राष्ट्रियसभा सदस्यमा मनोनित भए पनि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री नबनाइयोस् भनी दायर रिट उपर आज संवैधानिक इजलासमा दुईपक्षीय छलफल हुँदैछ ।
  • अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टद्वारा दायर अलग अलग रिटमाथि गत साता न्यायाधीश डा आनन्दमोहन भट्टराईको इजलासले रिट निवेदकको मागबमोजिम आज असोज १४ गतेसम्मका लागि प्रतिवादी नं।

काठमाडौं, असोज १४ । राष्ट्रियसभा सदस्यमा मनोनित भए पनि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री नबनाइयोस् भनी दायर रिट उपर आज संवैधानिक इजलासमा दुईपक्षीय छलफल हुँदैछ ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टद्वारा दायर अलग अलग रिटमाथि गत साता न्यायाधीश डा आनन्दमोहन भट्टराईको इजलासले रिट निवेदकको मागबमोजिम आज असोज १४ गतेसम्मका लागि प्रतिवादी नं। ५ (वामदेव गौतम) लाई कुनै संवैधानिक पदमा नियुक्त नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

तर, रिट निवेदकहरुले मन्त्री पदमा नियुक्त नरियोस् भनी माग गरेकोमा बेञ्चले रिट निवेदकको मागभन्दा एक कदम अघि बढेर संवैधानिक अंगको नियुक्तिमाथि नै बन्देज लगाउने गरी अन्तरिम आदेश जारी गरेकोमा कानुनविद्हरुले आश्चर्य प्रकट गर्दै आएका छन् ।

उक्त मुद्दा आज भने सर्वोच्च अदालतको पूर्ण इजलास (१ नम्बर) मा पेसी चढेको छ ।उक्त इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पाँच न्यायाधीश तोकिएका छन् ।

संवैधानिक इजलासका न्यायाधीशमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेत्री रेखा थापा पनि एमालेमा प्रबेश गर्ने निष्कर्षमा
अभिनेत्री रेखा थापा पनि एमालेमा प्रबेश गर्ने निष्कर्षमा
अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित
अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण सम्पन्न
राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण सम्पन्न
‘पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्’
‘पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्’
नेपालमा बाघको सङ्ख्या बढ्यो, नयाँ गणनाअनुसार ४२९ पुगे
नेपालमा बाघको सङ्ख्या बढ्यो, नयाँ गणनाअनुसार ४२९ पुगे
विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय
विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय
रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु
रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु
कोरोना कहर : असरबारे सरकारले थाल्यो अध्ययन
कोरोना कहर : असरबारे सरकारले थाल्यो अध्ययन
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग