सिटिइभीटीमा राष्ट्रिय कर्मचारी संगठनको धर्ना

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
सिटिइभीटीमा राष्ट्रिय कर्मचारी संगठनको धर्ना

सारांश

  • काठमाण्डौः प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)मा कार्यरत कर्मचारीहरू विभिन्न ११ बुँदे मागहरू अघि सारि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
  • सिटिइभिटी ब्यबस्थापनसँग मिति २०७५/०६/२१ र २०७६/०२/१३ गते भएको सहमतिको कार्यान्वयन गर्नुपर्ने मागहरू सहित भदौ २५ गतेदेखि सिटिइभिटीका सदस्य सचिव पुष्परमन वाग्लेको कार्यकक्ष बाहिर १ घण्टा धर्ना दिएर शुरू गरेका हुन् ।
  • त्यसैगरी भदौ २६ गते दोस्रो दिन २ घण्टा धर्ना दिँदा पनि आफुहरूको माग पुरा गराउन सिटिइभिटी ब्यबस्थापनले कुनै चासो नदिएको भन्दै उक्त राष्ट्रिय कर्मचारी संगठनले मागहरू पुरा गराउने उद्देश्यले चरणबद्ध धर्ना तथा प्रदर्शन जारी राखेका छन् ।

काठमाण्डौः प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)मा कार्यरत कर्मचारीहरू विभिन्न ११ बुँदे मागहरू अघि सारि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । सिटिइभिटी ब्यबस्थापनसँग मिति २०७५/०६/२१ र २०७६/०२/१३ गते भएको सहमतिको कार्यान्वयन गर्नुपर्ने मागहरू सहित भदौ २५ गतेदेखि सिटिइभिटीका सदस्य सचिव पुष्परमन वाग्लेको कार्यकक्ष बाहिर १ घण्टा धर्ना दिएर शुरू गरेका हुन् । त्यसैगरी भदौ २६ गते दोस्रो दिन २ घण्टा धर्ना दिँदा पनि आफुहरूको माग पुरा गराउन सिटिइभिटी ब्यबस्थापनले कुनै चासो नदिएको भन्दै उक्त राष्ट्रिय कर्मचारी संगठनले मागहरू पुरा गराउने उद्देश्यले चरणबद्ध धर्ना तथा प्रदर्शन जारी राखेका छन् ।

सिटिइभिटी प्राङ्गणमा पाल तथा ब्यानर टाँगी दोस्रो दिन शुरू गरेको धर्नामा सिटिइभिटी ब्यबस्थापनसँग सेवा प्रवेशदेखी हालसम्म परिषदको केन्द्रीय कार्यालय भन्दा बाहिर नगएका कर्मचारीहरूलाइ तत्काल पहिलो चरणमा प्रदेश तथा शिक्षालयमा खटाउनुपर्ने, त्यसपछि क्रमशः बढी अवधि परिषद् कार्यालय बसेका कर्मचारीहरूलाइ प्रदेश कार्यालय तथा शिक्षालयमा खटाउनुपर्ने लगायतका ११ बुँदे मागहरू सहितको कालो ब्यानर समेत टाँगेका छन् ।

हाल दोस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय कार्यालयमा काम गर्ने ७५ जनाको टोलीले आइतबारदेखि धर्ना शुरू गरेका छन् । उक्त संगठनका अध्यक्ष तेजबहादुर खत्रीको नेतृत्वमा बिहान १० बजेदेखी शुरू भएको धर्ना साँझ कार्यालय बन्द नहुँदासम्म जारी रहने ३ नम्बर प्रदेशका उपाध्यक्ष बिजेश बस्नेतले बताएका छन् । संस्थागत सुधारका लागी आफुहरूको माग पुरा नभए संगठनमा आवद्ध ४७ वटै इकाइ कमिटी परिचालन गरी देशैभरी धर्ना र प्रदर्शन गर्ने उक्त संगठनको योजना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?