सहकारी ठगी प्रकरणः जीबीसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ५, २०८१
|
|
२२ पटक हेरिएको
Shares
सहकारी ठगी प्रकरणः जीबीसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पुरक अभियोग दर्ता गराएको छ ।
  • जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेका अनुसार जिबीलाई यसअघि सहकारी ठगीमा मात्रै मुद्दा चलाइएकोमा यसपटक संगठित अपराध र सम्पत्तिसुद्धीकरणको अभियोग थप गरिएको छ ।

काठमाडौं। सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पुरक अभियोग दर्ता गराएको छ ।

जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेका अनुसार जिबीलाई यसअघि सहकारी ठगीमा मात्रै मुद्दा चलाइएकोमा यसपटक संगठित अपराध र सम्पत्तिसुद्धीकरणको अभियोग थप गरिएको छ । प्रतिवादी १९ जनामध्ये १६ जनालाई संगठित अपराधको दफा थप गरिएको छ ।

सूर्यदर्शन सहकारीका पूर्वअध्यक्षसमेत रहेका जीबी राई, पूर्वअध्यक्ष भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल लगायतमाथि सहकारी ठगीमा यसअघि नै मुद्दा दायर भइसकेको थियो ।

सोही सहकारी ठगी आरोपमा कांस्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलगायतको हकमा भने आइतबार अभियोग दर्ता हुने बताइएको छ ।

प्रतिवादीहरुको विगोसमेत थप गरिएको छ । यसअघि १ अर्ब ११ करोड, १९ लाख, ४३ हजार ४५ रुपैयाँ बिगो दाबी गरिएकोमा अहिले बिगो थप भइ १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ कायम गरिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binance推荐奖金

    Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/register-person?ref=IXBIAFVY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?