मन्त्रालयले भन्यो ‘चिकित्सा शिक्षा विधेयक प्रक्रियामा छ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मन्त्रालयले भन्यो ‘चिकित्सा शिक्षा विधेयक प्रक्रियामा छ’

सारांश

  • काठमाडौँ ।
  • सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीसँग गरेको सहमतिका आधारमा चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्ततु गरिएको र छलफलका क्रममा रहेको जनाएको छ ।
  • चिकित्सा शिक्षाका क्षेत्रमा विद्यमान विकृति, विसङ्गति तथा कमीकमजोरीलाई अन्त्य गर्न सरकार क्रियाशील रहेको र गम्भीरताका साथ काम गरिरहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री गिरिराजमणि पोखरेललाई लक्षित गरी सार्वजनिक गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीसँग गरेको सहमतिका आधारमा चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्ततु गरिएको र छलफलका क्रममा रहेको जनाएको छ ।

चिकित्सा शिक्षाका क्षेत्रमा विद्यमान विकृति, विसङ्गति तथा कमीकमजोरीलाई अन्त्य गर्न सरकार क्रियाशील रहेको र गम्भीरताका साथ काम गरिरहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री गिरिराजमणि पोखरेललाई लक्षित गरी सार्वजनिक गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सदनभित्र विधेयक दर्ता भइसकेको सन्दर्भमा डा केसीसँग भएको सहमति कार्यान्वय गर्ने प्रमुख थलो जननिर्वाचित संस्था नै रहेको तथ्य नभुल्नसमेत मन्त्रालयले आग्रह गरेको छ । विधेयक संशोधनको प्रक्रिया जारी रहेको र थप छलफल शिक्षा तथा स्वास्थ्य समितिमा भइरहेको छ ।

सङ्घीय संसद्को बैठक अन्त्य हुने दिनमा पनि शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयक छिटो प्रक्रियाबाट पारित प्रयास भैरहेको मन्त्रालय जनाएको छ । विधायिकी अधिकारीमाथि कार्यपालिकाले हस्तक्षेप गर्न नसक्ने संवैधानिक सीमा र शक्ति पृथककीकरणको मान्यतालाई आत्मसात् गर्नुपर्ने लाकेतान्त्रिक मूल्यप्रति मन्त्रालय र मन्त्री सचेत रहेको बताइएको छ ।

डा केसीले मन्त्री पोखरेलले विधेयकका सम्बन्धमा सार्वजनिक भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको र विधेयक पारित नभएको अवस्थामा आपसी असमझदारी हुन नदिने अभिप्रायले मन्त्रालयका सहचिव हरि लम्साललाई जिम्मेवारी दिइएको छ ।

(rangerproofswag.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?