अमेरिकाले गुफामुनी तेल यसकारण लुकाउँछ
सारांश
- बीबीसी।
- साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्कालीन अवस्थामा प्रयोग गर्न भनि भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका छन्।
- तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न उक्त तेललाई प्रयोगमा ल्याउन सकिने बताए।
बीबीसी। साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्कालीन अवस्थामा प्रयोग गर्न भनि भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका छन्।
तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न उक्त तेललाई प्रयोगमा ल्याउन सकिने बताए। राष्ट्रपति ट्रम्पले उल्लेख गरेको तेलको परिमाण ६४ करोड ब्यारेल छ र त्यो टेक्सस र लुइजियाना राज्यको मुन्तिर अवस्थित नुनिला विशाल गुफाहरूमा भण्डारण गरिएको छ।
यी रणनीतिक भण्डारहरूमा इन्धन राख्ने अवधारणा सन् १९७० को दशकमा आएको हो। अन्तराष्ट्रिय उर्जा केन्द्रका सबै सदस्य राष्ट्रहरूले ९० दिनसम्म पुग्ने परिमाणको पेट्रोलियम पदार्थको आयातलाई भण्डारण गर्न सक्छन् तर अमेरिकी तेल भण्डार विश्वको सबैभन्दा ठूलो आपत्कालीन इन्धन भण्डार हो।
अमेरिकी राजनीतिज्ञहरूले यस्तो तेलको भण्डार स्थापना गर्ने अवधारणा सन् १९७० को प्रारम्भमा ल्याए। मध्यपूर्वका देशहरूले तेल आपूर्ति बन्द गरेपछि विश्वभर मूल्य आकाशिएको परिवेशमा अमेरिकाले तेल भण्डार गर्ने योजना बनाएको थियो।
पेट्रोल निर्यात गर्ने देशहरूको समूह अर्गनाइजेशन अफ अरब पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिजमा रहेका इराक, कुवेत, कतार र साउदी अरेबियाले सन् १९७३ मा भएको अरब इजरेली युद्धका क्रममा इजरेललाई समर्थन गरेको भन्दै अमेरिकामा तेल निर्यात गर्न अस्वीकार गरेका थिए।
त्यसवर्ष अक्टोबर महिनामा भएको उक्त युद्ध ३ हप्ता मात्रै चलेको थियो। तर उक्त तेल आपूर्तिको नाकाबन्दी जसले अन्य देशलाई पनि निशाना बनाएको थियो १९७४ को मार्च महिना सम्म निरन्तर रह्यो। त्यसका कारण उसले प्रति ब्यारेल ३ डलर रहेको तेलको मूल्य चार गुणा बढेर १२ डलर प्रति ब्यारेल पुगेको थियो।
नाकाबन्दीबाट प्रभावित देशमा पेट्रोल पम्पहरूमा कार लाम लागेका केही तस्वीरले त्यसबेलाको उक्त सङ्कटलाई राम्रोसँग चित्रण गरेका छन्।त्यसैको सेरोफेरोमा सन् १९७५ मा अमेरिकी संसदले उर्जा नीति र संरक्षण कानून अनुमोदन गर्यो। त्यसकै आधारमा आपूर्तिमा अर्को ठूलो सङ्कट आउनसक्ने अवस्थाका लागि तयार रहन रणनीतिक इन्धन जगेडा केन्द्र स्थापना गरियो।
अहिले अमेरिकाका ४ वटा शहरहरूमा त्यसरी तेल भण्डारण गरिएको छ। टेक्ससमा फ्रिपोर्ट र विन्नी अनि लुइजियानामा लेक चार्ल्स र बेटन रोगमा यस्ता रणनीतिक रिजर्भहरू छन्।
ती प्रत्येक ठाउँमा मानव निर्मित नुनिला चट्टान सहितका गुफाहरू निर्माण गरिएका छन् र तेल भण्डार गरिएका ठाउँ जमिनको सतहभन्दा १ किलोमिटर मुनिसम्म छ।
यो जमिनमाथि ट्याङ्की बनाएर तेल भण्डार गर्नुभन्दा सस्तो र सुरक्षित रहेको ठानिन्छ। नूनको मिश्रण र भौगर्भिक चापका कारण भूमिगत रूपमा भण्डारण गरिएका तेल चुहावट हुने सम्भावना रहँदैन।
फ्रिपोर्ट नजिकैको सबैभन्दा ठूलो तेल भण्डारमा २५ करोड ४० लाख ब्यारेल तेल अटाउन सक्ने क्षमता छ। रिर्जभको वेबसाइटका अनुसार यी गुफाहरूमा १३ सेप्टेम्बरमा ६४ करोड ४८ लाख ब्यारेल तेल सञ्चित गरिएका थिए।
अमेरिकाको इनर्जी इन्फरमेशन एडमिनिस्ट्रेशनका अनुसार अमेरिकीहरूले सन् २०१८ मा प्रतिदिन २ करोड ५ लाख ब्यारेल तेल खपत गरेका थिए। जसको अर्थ त्यहाँ ३१ दिनलाई पुग्ने तेलको परिणाम सुरक्षित रहेको छ।
जेराल्ड फोर्डले सन् १९७५ मा हस्ताक्षर गरेको कानुन अनुसार इन्धनको आपूर्तिमा गम्भीर समस्या देखिए राष्ट्रपतिले मात्रै यी रिजर्भहरूबाट तेलको प्रयोग गर्न आदेश दिन मिल्ने व्यवस्था छ।भौतिक कठिनाइको अर्थ प्रत्येक दिन यी गुफाबाट सानो परिमाणमा मात्रै तेल बाहिर ल्याउन मिल्छ।
प्रतिक्रिया