‘शनिबार रातिदेखि बिसन्चो, उपचार थाल्नै नपार्इ’ निधन
सारांश
- काठमाडौं,३ मंसिर।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको हृदयघातबाट आइतबार बिहान निधन भएको भएको छ ।
- आइतबार बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।
काठमाडौं,३ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको हृदयघातबाट आइतबार बिहान निधन भएको भएको छ । आइतबार बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।
अस्पतालमा पुर्याउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालका एक चिकित्सकले जनाएका छन्। चिकित्सकका अनुसार प्रकाशको शव अहिले आकस्मिक कक्षमै राखिएको स्वास्थ्य खबर अनलाइनले जनाएको छ।
माओवादी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्तीले स्वास्थ्य खबर अनलाइनसँग भनिन्, ‘अस्पताल पुर्याउनुअघि नै उहाँको निधन भएको हामीलाई चिकित्सकहरुले बताउनु भएको छ। औपचारिक घोषणा प्रचण्ड काठमाडौं आइपुगेपछि मात्र गर्ने अस्पतालले तयारी गरेको छ।’
माओवादी केन्द्रका अर्का नेता वर्षमान पुनले बिबिसी नेपालीसँग कुरा गर्दै शनिबार रातिदेखि नै प्रकाशलाई बिसन्चो रहेको बताएका छन्।
Keshav Gautam
prakash dahalko nidanle hami marmahit bhayaka chhau. hami sabailai dukhi banayako chha. sw.prakash dahalko aatmale shanti pawas,ra hardik sraddanjali arpan gardachhu.sok santapta pariwarlai dhairya dhran garne shakti milos.
Bhagabati Pandey
Rip