संसारकै अग्लो भवनमा झलमलाइयो नेपाली झण्डा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
संसारकै अग्लो भवनमा झलमलाइयो नेपाली झण्डा

सारांश

  • नेपाल !
  • नेपाल !
  • नेपाल !

नेपाल ! नेपाल ! नेपाल ! सँसारको अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा झलमलाउँदा नेपालीहरु खुशीले भन्न थाले । गए राति युनाइटेड अरब इमिरेट्सको समय अनुसार ९ बजेर १० मिनेटमा बुर्ज खालिफाको भित्तामा नेपाली झण्डा झलमलाएको थियो । संविधान दिवसको अवसर पारेर बुर्ज खालिफामा नेपाली भण्डा भलमलाउने सूचना पाएर हजारौं नेपाली पुगेका थिए ।

उनीहरु देशको झण्डा पहिलोपटक बुर्ज खालिफामा देख्न पाउँदा उत्साही थिए । परदेशबाट देशलाई सम्झिरहेका थिए । भवनको आकर्षक प्रकाशमा नेपाली झण्डा खुबै सुहाएको थियो । संसारभरका मानिसहरुको हेर्ने चाहना र उत्सुकता रहेको भवनमा रातो र चन्द्र सूर्य अंकित नेपाली झण्डाले बुर्ज खालिफालाई अझ आकर्षक बनाइदियो ।

नेपालीहरुको उल्लेख्य उपस्थितिले वरिपरिको माहोल बदलिएको थियो । रातको समयमा भवनमा झलमलाइने वत्तीको विशेष महत्व छ । त्यसैले रेगिस्तानमा बनेको बुर्ज खालिफा हेर्न राति भीड लाग्छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ का अवसरमा झण्डा पहिलोपटक बुर्ज खालिफामा झलमलाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?